रंगशालामा धनधान्यान्चल, मह जोडीले भने- चितवन जुटेको देख्दा खुसी लाग्यो

चितवन : चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोगार्थ आइतबारदेखि धनधान्यान्चल महोत्सव शुरु भएको छ। २६ गतेसम्म चल्ने महोत्सवको मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य सहित २१ खेलाडीले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन अघि मध्यान्ह १२ बजे मंगलपुर बजारबाट झाँकीसहितको वृहत शोभायात्रा निकालिएको थियो ।

सोभायात्रामा हजारौंको उपस्थिति रहेको थियो । सहभागिहरु आ–आफ्नो संस्कृती झल्कने भेषभुषा र व्यानरसहित उपस्थित भएका थिए । मंगलपुर बजारबाट शुरु भएको शोभायात्रा गाबिसचोक हुँदै रंगशाला स्थित धनधान्याचल महोत्सव परिसरमा पुगेको थियो। उद्घा टन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले रंगशाला निर्माणका लागि चितवन एक ढिक्का भएको बताए ।

उनले राजनीतिक बिचार, जात धर्म भन्दा माथि उठेर महान अभियान सफल बनाउन चितवन जुरुक्कै उठेको अनुभुती भएको सुनाए । चितवनबासीले देशकै नमुना परोयोजना निर्माणमा देखाएको एकताले संसारभर सकारात्मक सन्देश जाने उनको विश्वास छ। सिता राम कट्टेल (धुर्मुस) र कुन्जना धिमिरे (सुन्तली) ले यसअघि गरेका कामको कारण नै यो महा अभियान सफलता तर्फ अघी बढेको उनको भनाई छ ।

धुर्मुस सुन्तलीले पहिलो भन्दा दोस्रो र दोस्रो भन्दा तेस्रो गर्दै आज रंगशालासम्म आईपुग्दा महान कार्यको नमुना पेश गरेको श्रेष्ठले बताए । ‘हामी धुर्मुस सुन्तलीले बनाएको बस्ती हेर्न गयौं,उनले भने, कस्तो राम्रो बनाएको भनेर छक्क प¥यौं, त्यस पछी गिराउनचौर गयौं त्यो झनै राम्रो । उनले महोत्तरी र चन्द्रानीगापुर भन्दा चितवनको काम झनै राम्रो भएको बताए ।

चितवनका सबै राजनीतिक पार्टीहरु रंगशाला निर्माण अभियानमा एक ढिक्का भएर नमुना प्रस्तुत गरेको उनले बताए । उनले यो अभियानमा लागेका सम्पूर्ण चितवनबासी धन्यवादको पात्र भएको उल्लेख गरे । अर्का वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले चितवनमा निर्माणाधिन रंगशाला देशकै गहाना भएको बताए । रंगशालाले चितवनको महत्व अझै बढ्ने उनले विश्वास व्यक्त गरे ।

रंगशाला निर्माण सम्पन्न भएपछी नेपाली खेलाडीहरु सहित सम्पूर्ण नेपालीहरुको छाती गर्वले फुल्ने उनको भनाई थियो । उनले यो अभियानमा दिल खोलेर सहयोग गर्न सबैलाई अनुरोध गरे । ठट्यौली शैलीमा उनले भने – ‘चितवन हात्ती र गैंडा पाइने जिल्ला हो । सबैले जती सक्दो हात्ती र गैंडा भएको नोट सहयोग गर्नुहोस् ।’

पुर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक एवं रंगशाला खेलकुद समितीका संयोजक दीपक बिष्टले आफ्नो पालामा यस्तो रंगशालामा खेल्ने मौका नपाएपनि भावी पिडीले अवसर पाउन लागेको भन्दै निकै खुशी लागेको बताए। ‘हामीले खेल्न नपाए पनि भावी पिडीले यही रंगशालामा खेल्न पाउनेछन्,उनले भने, ‘यो रंगशालामा नेपालको झण्डा फहराएको हेर्न पाउँदा निकै खुशी हुनेछौं ।’

प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितीको सभापती कृष्ण भक्त पोख्रेलले २०४६ र २०६२–६३को आन्दोलनपछी चितवनमा पहिलो पटक यतीधेरै जनाता जागरुक भएको बताए । ‘जनआन्दोलनमा चितवन जसरी उठेका थिए आज मलाई त्यही अनुभुती भयो उनले भने, यो जनलहरले रंगशाला बन्छ भन्ने विश्वास दिलाएको छ ।’ रंगशालाले नेपाली बीचको एकतासँगै ठुला राष्ट्रहरु बीचको तिक्तता पनि हटाउने उनको भनाई थियो ।

‘केही बलियो राष्ट्रहरुको सम्बन्ध राम्रो छैन उनले भने, अब केन्द्रले होइन यही रंग शालाले सम्बन्ध सुमधुर बनाउछ । यो रंगशालामा भारत र पा’किस्तानलाई क्रिकेट खेलाएर उनिहरुको सम्बन्ध सुधार्न सकिन्छ,उनले भने ।’ पोखरेलले आफ्नो एक महिनाको तलब भत्ता रु ५४ हजार रंगशाला निर्माणका लागि सहयोग गर्ने घोषणा समेत गरे ।

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’ले गाँउगाउँबाट रंगशाला निर्माणमा सहयोग प्रदान हुने बताइन् । उनले स्थानिय स्तरमा देखिएको नागरिकको उपस्थितिले थप उत्साहा जागेको बताइन् । धुर्मुस सुन्तली फाउण्डेशन का अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले नेपालमा अन्तर्राष्ट्रियस्तरको रंगशाला नहुँदा देशमै खेल खेल्न नपाएको भन्ने खेलाडीको गुनासोपछि आफुहरु यो अभियानमा लागेको बताए ।

आजको उपस्थितीले यसलाई सार्थक तुल्याएको उनको भनाई थियो । आज चितवनमा उर्लिएको जनलहर यस्तो कार्यको लागि योनै पहिलो पटक भएको उनको भनाई थियो । ‘यो पवित्र कार्यको लागि आज चितवनमा जसरी जनलहर उर्लियो यो देशकै पहिलो पटक हो – उनले भने ।’ स्रोत र साधनको व्यवस्था भए दुई बर्ष भित्र रंगशाला बन्नेमा दुईमत नरहेको उनले बताए ।

उनले रंगशालामा ७७ जिल्लाको ७७ वटा कक्ष राखिने बताउदै सबै जिल्ला लाई आ–आफ्नो कक्ष निर्माणमा सहयोग गर्न आग्रह पनि गरे । सबै जिल्लाले आ–आफ्नो कक्ष निर्माणमा सहयोग गर्नु होस् उनले भने, पछी रंगशालामा आफ्नो कक्ष देख्दा धुर्मुस सुन्तलीको आँखा रसाउने होइन सम्पूर्ण नेपालीको आँखा रसाउने हो ।’ उनले रंगशाला ठडिदा रंगशाला नभई नेपाली छाती ठडिने भएकोले सबैलाई यसको अपनत्व ग्रहण गर्न आग्रह पनि गरे ।

यस्तै उनले रंगशाला निर्माणको सबै हिसाब पारदर्शी हुने भएकोले शंका नगर्न पनि आग्रह गरे । धनधान्याचल महायज्ञका प्रमुख वाचक दिनबन्धु पोख्रेलले यो अभियानमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए। उनले महायज्ञमा आर्थिक सहयोगका देश बिदेशबाट धेरै भक्तजनहरु आउने तयारीमा रहेको बताउदै रंगशाला बन्नेमा ढुक्क हुन आग्रह गरे । यस्तै उनले महायज्ञमा आफु लिन भन्दा पनि दिन आएको बताए ।

म यहाँ केही लिन आएको होइन दिन आएको हुँ उनले भने । उनले रंगशाला निर्माणका लागि आफ्नो तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गर्ने घोषणा गरे । नेकपा चितवनका अध्यक्ष यम बहादुर परियारले रंग शाला निर्माणका चितवनका सबै राज नीतिक दलहरु एक भएर अघि बढेको बताए । उनले चितवनबासी लगायत सम्पूर्ण नेपालीलाई यो अभियान सफल बनाउनका लागि धनधान्याचलमा सहयोग गर्न आग्रह गरे ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ०६२–६३ को आ’न्दोलन पछी चितवनमा रंगशाला निर्माणार्थ शुरु भएको धनधान्याचलमा यती धेरै जनता उर्लेको बताए। यसले चितवनबासी आन्दोलनमा मात्र नभई यस्ता बिकास निर्माणको कार्यमा पनि एक जुट हुन्छन् भन्ने सन्देश दिएको उनको भनाई थियो । चितवनका सम्पूर्ण राजनीतिक दलहरुको एकताले पनि यो अभियानमा सहयोग पुग्ने उनको विश्वास छ ।

‘दुई महिना अघी हामी फरक–फरक पार्टीबाट चुनावको लागि उठेका थियौं,उनले भने, अहिले दुई महिना पछी रंगशाला निर्माणका लागि फेरी एकजुट भएका छौं, यसले ठुलो सहयोग पुग्नेछ ।’ उनले यो चितवनको मात्र नभई राष्ट्रकै गौरभको परियोजना भएकोले सबैलाई सहयोगका लागि अपिल गरे। कार्यक्रममा प्रदेश साँसद कृष्ण भुर्तेल, लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, धनधान्याचल महोत्सव मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुके लगा यतले बोलेका थिए ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले स्वागत मन्तब्य राखेको कार्यक्रम मुल आयोजक समितिका संयोजक बिजय सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो । महोत्सवमा सोमबारबाट पण्डित दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत माहापुराणको प्रवचन हुनेछद । यस्तै भजन किर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम समेत हुनेछ ।

२६ गतेसम्म चल्ने महोत्सव बाट ५० रकम संकलन हुने अनुमान गरिएको छ भने ७६ लाख ७६ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजना सहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्