भ्र’ष्टाचारीलाई मृ’त्युदण्ड दिने कानुन बनाउन माग

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा भ्रष्टा’चारीलाई मृ’त्यु द’ण्ड दिनुपर्ने देखि लिएर यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनिय’मितताको गम्भीर छानविनको माग उठेको छ । बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा यस्ता धारणा आएका हुन् ।

शनिबार बसेको बैठकमा विभिन्न समूहका टोली नेताहरुले आ–आफ्नो समूहका निष्कर्ष रिपोर्टिङ गर्दै भ्रष्टा’चारीलाई मृ’त्यु द’ण्डको व्यवस्था गर्नुपर्ने मागसमेत उठेको जानकारी गराए । समूह नम्बर ५का टोली नेता ठाकुर गैरेले आफ्नो समूहमा भ्र’ष्टाचारीलाई मृ’त्यु द’ण्डको व्यवस्था गर्न माग उठेको जनाए । अहिले मृ’तयु द’ण्ड दिने कानुन नभए पनि सरकारले अब साे कानुन बनाउनु पर्नेमा आवाज उठेकाे थियो ।

उनले सार्वजनिक पदमा बस्नेको सम्पत्ति छान विन गर्नुपर्ने माग पनि उठेको बैठकमा जानकारी दिए । सबै जसो टोलीमा यति होल्डिङ्सको जग्गा भाडामा भएको अनियमितता, बालुवाटार जग्गा प्रकरण बारे चर्चा भएको थियो । पछिल्लो समय सरकारका मन्त्रीहरु, पार्टीका नेताहरु विभिन्न का’ण्डमा मुछिन थालेको भन्दै उनीहरुले कडाइका साथ छानविन गरी सत्यतथ्य बाहिर ल्याउन मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्