छाउगोठ भत्का’उन गएका प्रहरीलाई भैंसी बाँध्‍ने किलाले हानेपछि…

अछाम : अछाममा छाउगोठ भत्का’उने अभियानमा संलग्न प्रहरी माथि कु’टपिट भएको छ । बान्नीगढी जयगढ गाउँपालिका ३ धारासैनमा छाउगोठ भ’त्काउने अभियानमा संलग्न प्रहरी चौकी जयगढमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैला माथि कु’टपिट भएको प्रहरीले जनाएको छ।

धारासैनकी अन्दाजी ५४ वर्षीया धना साउदले प्रहरी हवल्दार कैलामाथि भैंसी बाँध्ने किला प्र’हार गरेको प्रहरीले जनाएको छ । गोठ भत्काउने पूर्व जानकारी नभएको र एक्‍कासी आएर गोठ भ’त्काउन थाले पछि साउदले कैला माथि भैंसी बाँ’ध्ने किला प्र’हार गरेको स्थानीयले बताए । हवल्दार कैलाको मेरु’दण्डमा नि’लडाम हुनेगरी चो’ट लागेको बताइएको छ।

साउदलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए । उनले भने, ‘महिलालाई नियन्त्रणमा लिएका छौं, छाउगोठ भ’त्काउने अभियानमा अव’रोध गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने छ ।’ प्रहरीले पुस ९ देखि माघ १७ गतेसम्म ४ हजार ५ सय ८७ छाउगोठ भत्का’एको छ। जिल्लामा ३२ हजार भन्दा बढी छाउ गोठ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्