अकबरे खोर्सानी स्वादका लागि मात्र हैन, स्वास्थ्यका लागि झन उपयोगी

काठमाडौं : पहाडी क्षेत्रमा पाहिने अकबरे खोर्सानी यतीवेला पाक्न सुरु भएको छ । विशेष गरि पूर्वी पहाड इलाम, ओखलढुंगा, पाचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, धनकुटा लगायतको जिल्लामा बढी मात्रमा उत्पादन हुनेगर्छ । इलामलाई ६ वटा अ बाट उचारणहुने कृषि उत्पादनको नामले परिचय दिईएको छ जसमा पर्ने अकबरे खोर्सानी पनि एक हो ।

पहाडी क्षेत्रमा बाटोको सुविधा फैलदै गए पछि अकबरे खोर्सानी तराईका बजारहरुमा सहजै उपलब्ध हुने गरेको छ । नुन पानीमा राखेर लामो समयसम्म खान योग्य बनाएर अचारको रुपमा पनि बिक्री हुदै आएको छ । अकबरेलाई ओखतीको रुपमा पनि लिईन्छ ।अकबरे खुर्सानी नियमित से’वन गर्दा स्वास्थ्यलाई हुने फाइदा:

-खाना पचाउने काममा विशेष सहयोग पुर्‍याएको हुन्छ। माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ। नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ । कोल्ड फ्लु’बाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्‍याउँछ। हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ।

कार्डियोभास्कुलर र हा’र्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित छ। डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ। शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्‍याउँछ । र’गतमा चिनीको मात्रा घटाउन मद्दत पुर्‍याउँछ र सु’गर रो’गबाट बचाउन मद्दत गर्छ। ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ। पिसाब सम्बन्धी स’मस्या कम गराउन सहयोग पुर्‍याउँछ ।

अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भएपनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ। थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ। यो खुर्सानीमा क्या’प्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रो’गीलाई समेत फाइदा पुर्‍याउँछ। ए’लर्जी हुनबाट जो’गाउन धेरै हदसम्म मद्द गर्छ।

प्रतिक्रिया दिनुहोस्