चीनबाट फर्कन लागेका नेपालीली सं’क्रमण नसार्न राखे यस्तो माग !

काठमाडौं: कोरोना भाइरसको सं क्रमणलेग्रस्त चीनको हुवेइ प्रान्तको वुहान र त्यस आसपासका नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काउने तयारी सुरु गरेपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले नेपालमा आफूहरुलाई आइसोलेसन (अन्य मानिस को सम्पर्कमा जानु नपर्ने बन्दोवस्त) मा राख्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको नागरिक दैनिकमा समाचार छ ।

चीनबाट उद्धार गरी नेपाल फर्किएपछि आफू मध्येबाट स्वदेशी नेपालीमा सं क्रमण फैलन नदिन आइसोलेनसमा राख्ने व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गरेका हुन् । नेपाल सरकारले त्यहाँ रहेका नेपाली फर्काउन फारम भराउने काम सुरु गरी आइतबार भित्र भरिसक्न जानकारी गराइसकेको छ । नेपाल फर्किएपछि आफूहरु परिवार वा अन्य नेपालीसँग सम्पर्कमा जाँदा सं क्रमण फैलनसक्ने भएकाले आइसोलेसनको बन्दोवस्त हुनुपर्ने उनीहरुको माग हो ।

फर्काइएका सबै नेपालीलाई एकै ठाउँमा राख्न नहुने भनाइ पनि उनीहरुको छ । चीनबाट फर्काइएका मध्ये कोही सं क्रमित भएमा उसबाट पनि नेपाल फर्काइएका अरु सं क्रमित हुन सक्छन् । तत्काल परीक्षणको क्रममा लक्षण नदेखिए पनि पछि सं क्रमित भएको देखिनसक्ने भएकाले यसप्रति विशेष सर्तकता अपनाउनु पर्ने उनीहरुको भनाइ हो । भाइरस सं क्रमित नदेखिएको अवस्थामै पनि भाइरस पसिसकेका व्यत्तिःबाट अरुलाई सं क्रमण हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्