चन्द्रप्रकाश शर्मा, पोखरा । दुई दशक अगाडि देखि चर्चामा रहेर अ’सम्भव भनिएको एसियाकै लामो झो’लुङ्गे पुलको निर्माण निर्धारित समय भन्दा एक वर्ष अगाडि नै स’म्पन्न हुने भएको छ । २०७७ चैतमा सम्पन्न गर्नेगरी बागलुङ बजारको बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ जोड्ने ५६७ मिटर लामो उक्त पुल निर्माण सुरु गरिएको पुल २०७६ फागुन भित्रै सम्पन्न हुने भएको हो ।
सात करोड ९७ लाख रुपियाँको लागतमा निर्माण सुरु गरिएको पुलको ९२ प्रतिशत काम सम्पन्न भएकाले निर्माण सक्नुपर्ने अवघि भन्दा एक वर्ष अगाडि नै सम्पन्न हुन लागेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्राविधिक टोपबहादुर बानियाँले जानकारी दिनु भयो । लामो समयदेखि उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने चर्चा चलेपनि लठ्ठा तान्ने प्रविधि नभएकाले रोकिएको थियो ।
नेपालमा ३६० मिटर भन्दा माथिका पुलनिर्माण नभएको र प्रविधि समेत नभएकाले लामो समय रोकिएको पुल नयाँ प्रविधि भित्रिएपछि निर्माण सुरु गरिएको थियो। सरकारले चीनबाट लठ्ठा तान्न प्रयोग गर्ने आधुनिक मेसिन खरिद गरेपछि पुल निर्माणमा सहजता भएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । ५६७ मिटर लामो र १६० मिटर अग्लो उक्त पुल एसियाकै लामो पुल रहेको दावी गरिएको छ ।
‘विश्वमा सवारी साधन सञ्चालन हुने खालका पुलहरु समेत छन् तर यती लामो सिङ्गल स्पान झोलुङ्गेपुल भएको रेकर्ड भेटिएको छैन।’ प्राविधिक बानियाँले भन्नुभयो । पुल निर्माणको जिम्मा पाएको थानी÷विएलटि÷ हिमशिखर जेभी निर्माण कम्पनीले पुल सिलान्यास कै क्रममा छ महिना अगाडि काम सम्पन्न गर्ने घोषणा गरे पनि एक वर्ष अगाडिनै सम्पन्न हुने भएको छ ।
पुल निर्माणको सबैभन्दा जटिल लठ्ठातान्न हुने भएपनि शनिबारसम्म पुलका सबै लठ्ठा तानेर सकिएको र अबको ४५ दिनभित्र अन्य सम्पूर्ण फिटिङका काम सकिने निर्माण कम्पनीले जनाएको छ। हिमशिखर निर्माण सेवाका नरहरी खड्काले पुलको पुल मुनी मालढुङ्गा –बागलुङ सडकको दुई ठाउँ र मालढुङ्गा–बेनी सडकको एक ठाउँ क्रस गरे लठ्ठा तार्नुपर्ने, विभिन्न ठाउँमा विद्युतका तारहरु भएका कारण सबै जोगाएर काम गरेको बताउनु भयो ।
‘पुल निर्माणका बेला आएका सामान्य समस्या व्यवस्थापन गरेर लठ्ठा तानेर सकेका छौं, अबको ४५ दिनभित्र सबै काम सक्छौं ।’खड्काले भन्नु भयो । नेपालका धेरै ठाउँमा लामा झोलुङ्गे पुलहरुको माग भएको र यो पुल निर्माण सम्पन्न भए पछि अन्य ठाउँमा पनि पुल निर्माण विस्तार हुने प्राविधिकहरु बताउँ छन् । पुल निर्माण सम्पन्न भए पर्वतको पाङ क्षेत्रवासीलाई बागलुङ बजारसम्म आउन सहज हुनेछ । कालि गण्डकी नदीको ठूलो खोंचको माथि पुल निर्माण हुने भएपछि दुई घण्टाको यात्रा गर्नुपर्ने ठाउँमा ३० मिनेटमै पुग्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्