प्रशान्त तामाङ र दयाहाङ राई एउटै फिल्मको पर्दामा !

काठमाडौं : इन्डियन आइडलका विजेता प्रशान्त तामाङ फेरि नेपाली फिल्मको पर्दामा देखिने भएका छन्। ब्रिटिश गोर्खा आर्मीको शाहसिक कार्यको विषयमा बन्ने ‘गोर्खा वारीयर’मा उनी अभिनेताको रुपमा अनुबन्धित भइसकेका छन् ।फिल्म मिलन चाम्सको निर्देशनमा बन्न लागेको हो । ब्रिटिश गोर्खाआर्मीहरु संसारभर चर्चित छन् । भारतमा नेपाली गोर्खाली सैनिकहरुको त छुट्टै पल्टन गोर्खा राईफल्स नै छ ।

नेपाल सहित बेलायत, भारत, सिँगापुर, ब्रुनाईलगायत धेरै देशमा वीर गोर्खालीको रुपमा साहसिक कार्यबाट ख्याती कमाएर सेवारत गोर्खा आर्मीहरुको साहसिक कार्यलाई पर्दामा देखाउन फिल्म बनाउन लागेको निर्देशक चाम्सले बताए। प्रशान्तले यस अगाडी ‘गोर्खा पल्टन’ नामक फिल्ममा देखिएका थिए । जुन फिल्म सुपरहिट साबित हुन सफल भएको थियो । सन् २०२१ मा रिलिज गर्ने लक्ष्यसहित बन्न लागेको फिल्मका निर्माता पनि उनी आफै हुन् ।

फिल्ममा प्रशान्तको अलवा दयाहाङ राई, वर्षा शिवाकोटी, क्याप्टेन विजय लामा, बुद्धि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आले लगायतको अभिनय रहने भएको छ । लन्डन सिने आई प्रोडक्सनले निर्माण गर्ने फिल्मको लेखन प्रदीप भारद्धाजले गरेका छन् । प्राविधिक पक्ष समय फाइनल भएपछि फिल्मको घोषणा हुने निर्देशक चाम्सले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्