पोखरामा प्याराग्लाइडिङको विश्वकप हुँदै

पोखरा : १९ औं संस्करणको प्याराग्लाइडिङ विश्व कप खेल आगामी फागुन दोस्रो सातादेखि पोखरामा हुने भएको छ । एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियन सिपको १९ औं सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुन लागेको हो ।

नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुने छ । खेलाडी दर्ता गर्ने अन्तिम मिति सम्म ३० देशका १ सय २५ पाइलट सहभागी हुने निश्चित भएकाले त्यसको आवश्यक तयारीलाई तीव्र बनाइएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल सहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीजर ल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसिया लगायतका ३० देशका १ सय २५ चालक सह-भागी हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्