श्रीमती बि’चल्लीमा पारेर श्री’मान अर्कै महि’लासँग भागेपछि…

चितवन, २० माघ। नेपाली समाजका श्रीमान् वैदेशिक रोजगारमा गएको बेला पारेर श्रीमती श्रीमान छोडेर अर्कैसँग गएका समाचार अब सामान्य जस्तै भइसके। यसरी आँफ्नो श्री’मान छाडेर आर्कैसँग बिहे गर्दा कयाैं ब्यक्तिको घर उजाडिएको छ । तर चितवनमा भने श्री’मती छाडेर श्री’मान् अर्कैसँग भागेका छन् । चितवनको कालिका नगरपालिका स्थित पदमपुर निवासी अमर बोट गत पुस १७ गतेबाट आफ्नी श्री’मती छा’डेर अर्कै महिलासँग भागेको श्रीमती सिरु बोटको आ’रोप छ ।

रोजगारको सिल सिलामा मलेसियामा रहेका अमर बोट गत मंसिर २६ गते नेपाल आएको र पुस १७ गतेबाट श्रीमतीले खोजेको २ लाख ५० हजार ऋ’ण लिएर अर्कै महिलासँग भागेकाे बताइएकाे छ । श्रीमती सिरु बोटका अनुसार अमरले दाङको छाउनी डाँडाँकी तारा नेपालीलाई लिएर भा’गेका हुन् । अमरले श्री’मतीलाई आफू अब बिदेश नजाने र नेपालमै माछाको व्यवसाय गर्ने भन्दै रकम खोज्न लगाएका थिए ।

श्री’मानले व्यवसाय गर्ने भए भन्दै सिरुले ब्याजमा रकम खोजेकी थिइन् । तर उक्त रकम लिएर अमर अर्कै महिला’सँग भा’गेपछि सिरूकाे बे’हाल भएकाे छ । अमर सिरुलाई छा’डेर तारासँग भागेको केही दिनसम्म त उनले आफु भारतमा तारासँग रहेको भन्दै स’म्पर्कमै रहेका थिए । तर हाल अमर स’म्पर्क विहीन रहेका छन् । सिरुले आफ्ना श्री’मान विदेश हुँदा तारासँग सम्बन्ध रहेको र नेपाल आएपछि दुबैजना भागेको बताएकी छन् ।

सिरु बोटको दुई वर्षपहिले मात्रै अमरसँग बिहे भएको थियो । बिहेलगत्तै मलेसिया गएका अमर दुई वर्षपछि फेरि आर्केै महिला लिएर फ’रार भएका हुन् । यसरी आफूलाई बि’चल्लीमा पारेर श्री’मान बे’पत्ता भएपछि सिरुले सबै समक्ष खोजी गरिदन अपिल गरेकी छन् । न्युज २४ नेपालबाट साभार

प्रतिक्रिया दिनुहोस्