जनयु’द्धका नेता स्वीकार्ने तर, जनयु’द्ध स्वीकार नगर्नु बेइमानी हो : मन्त्री पुन

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले माओवादी १० वर्षे जनयुद्ध सही भएको बताउनु भएको छ । मन्त्री पुनले जनयु’द्धकै कारण नेपालमा गणतन्त्र सहितका राजनीतिक परिवर्तन सम्भव भएको नबिर्सन आग्रह गर्नुभयो । जनयु’द्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक अभियान भएको उहाँको भनाइ थियो ।

जनयु’द्धबाट आएका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसकेको चर्चा गर्दै मन्त्री पुनले प्रश्न गर्नुभयो, ‘जनयु’द्ध चाहिँ कसरी गलत भयो ?’ उहाँले अगाडि भन्नुभयो, ‘जनयु’द्धको बेसमा आएको गणतन्त्र सबैका लागि स्वीकार्य हुने, जनयु’द्धका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री बन्दा स्वीकार्ने तर, गणतन्त्र ल्याउने जनयु’द्ध र जनयु’द्धका यो’द्धाहरु चाहिँ किन अस्वीकार्य हुने ?’

शहीद तथा बेपत्तायोद्धा सन्तति फाउण्डेशनको प्रथम साधारणसभालाई शनिबार नेकपा कार्यालय कोटेश्वर पेरिसडाँडामा उद्घाटन गर्दै नेकपा स्थायी समिति सदस्यसमेत रहन्ुभएका मन्त्री पुनले जनयु’द्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गर्नुभयो । मन्त्री पुनले जनयु’द्धले नेपाली समाजमा ठूलो कायापलट ल्याएको भन्दै त्यो इतिहास कसैले अस्वीकार गर्दैमा अस्वीकार्य नहुने बताउनु भयो ।

मन्त्री पुनले आफूहरु संयोगले जनयु’द्धबाट बाँचेर आएको भन्दै शहीदहरुको सपना बाँचेकाहरुले पूरा गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो पार्टी र सरकार जनयु’द्ध तथा त्यसअघि र पछि भएका आन्दोलनका शहीदहरुका सपना साकार पार्न सक्रिय र प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो । मन्त्री पुनले शहीदका सपना साकार पार्नकै लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको स्पष्ट गर्नुभयो ।

आफ्ना अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकै बेला जनयु’द्धका शहीदलाई शहीद घोषणा गरिएको स्मरण गर्दै मन्त्री पुनले राजपत्रमा प्रकाशित नहुँदा अन्योल कायम रहेकाले उक्त निर्णयलाई वर्तमान सरकारले राज पत्रमा प्रकाशित गरेर लखन थापादेखि जनयु’द्ध सम्मका शहीदलाई राष्ट्रिय शहीदको सूचीमा समावेश गर्ने काम छिट्टै गरिने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्