१ लाख ५० हजार घुस सहित जनकपुर भन्सार कार्यालयका कर्मचारी प’क्राउ

काठमान्डौ: अख्तियार दुरुपयोग आयोग बर्दिवासले जनकपुर भन्सार कार्यालयका एक कर्मचारीलाई डेढ लाख नगद सहित प’क्राउ गरेको छ ।भन्सार कार्यालय जनकपुरमा कार्यरत नायक सुब्बा अहमद रजा अन्सारीलाई अख्तियारको टोलीले सोमवार साँझ घुस रकमसहित पक्राउ गरेको हो ।अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट गएको टोलीले एक लाख ५० हजार घुससहित सोमबार साँझ प’क्राउ गरेको हो ।

नासु अन्सारीलाई सेवाग्राहीबाट घुस लिइसकेका अवस्थामा रंगे’हात प’क्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रवत्ता हरि घिमिरेले जानकारी दिएका छन् । त्यस्तै हिजो मात्र चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख घुससहित प’क्राउ परेका थिए ।

अख्तियारका प्रवक्ता प्रदिप कोइरालाका अनुसार आइतबार दिउँसो सेवाग्राहीको गुनासो पछि पुगेको अख्तियारको टोलीले उनलाई घुससहित प’क्राउ गरेको हो। सेवाग्राहीको गुनासो पछि अख्तियारको टोलीले उनलाई एक लाख रुपैयाँ सहित प’क्राउ गरेको कोइराला ले बताए। पौडेललाई सेवाग्राहीबाट एक लाख घूसको रकम लिँदै गर्दा रं’गेहात प’क्राउ गरेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्