फेसबुक पेजमा प्रियंका कार्कीको फोटो राख्दै बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल’ (तस्बिर सहित)

काठमाडौं : नायिका प्रियंका कार्की बार्सिलोनाको खेल हेर्न गएराति क्याम्प नाओ पुगेकी थिइन् । घरेलु मैदानमा लेभान्तेविरुद्ध भएको उक्त खेलमा बार्सिलोना २-१ ले विजयी भएको थियो । प्रेमी आयुष्मान देशराज जोशीसँगै क्याम्प नाओ पुगे की प्रियंकाको तस्वीर बार्सिलोना फूटबल क्लबले आफ्नो आधिकारिक फेसबूक पेजमा राखेको छ । बार्सिलोनाको फेसबूक पेजमा प्रिंयकाको फोटो र भिडियो देख्न सकिन्छ ।

भिडियोमा प्रियंकाले आफू क्याम्प नाओ आउन पाउँदा एकदमै खुशी भएको बताएकी छन् । ‘यो यस्तो अवसर हो, यस्तो मौका हो जुन म जिन्दगीभर बिर्सन सक्दि। थ्याङ्क्यु फर द लभ ।’ प्रियंकाले भिडियोमा भनेकी छन् । आइतबार राति बार्सिलोनाको क्याम्प नोउ फुटबल स्टेडियममा बार्सिलोना र लेभान्तेको खेल हर्न प्रियंका कार्की र उनका प्रेमी आयुष्मान देशराज जोशी पुगेका थिए।

सोही क्रममा नायिका कार्की आधिकारिक पेजबाट केही बेर लाइभ आएकी थिइन् । सोमबार प्रशिद्ध फुटबल क्लब बार्सिलोनाको फेस बुक पेजमा उनको तस्वीर राखेर ‘वी लभ नेपाल’ क्यापसन लेखिएको थियो । ‘नेपालमा बस्ने सबैलाई म योभन्न चाहान्छु कि धेरै जना यहाँ आउन चाहनु हुन्थ्यो होला, तर म सबैको लागि यो सपना बाँडिरहेछु र यो अवसर म जिन्दगीभर विर्सन सक्दिन,’ उनले लाइभमा आउँदा बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्