रंगशाला निर्माणमा प्रमोद खरेलले गरे यस्तो घोषणा !

चितवन, माघ २० : चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्नेको ओइरो लागेको छ । पछिल्लो समय फेसबुकबाट घोषणा गर्ने र निर्माणाधिन स्थलमा पुगेर सहयोग गर्नेहरु दिनप्रतिदिन बढेका छन् ।चर्चित कलाकार प्रमोद खरेलले हरेक सांगितिक कार्यक्रमबाट लिने पारिश्रमिकबाट पाँच हजार १ सय ११ रुपैंया रंगशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले फेसबुक स्टा’टस मार्फत सो घोषणा गरेका हुन् । उनले २०७६ माघ १७ देखि २०७७ माघ १७ सम्मको अवधिमा आफुले सहभागि जनाउने हरेक सांगितिक कार्य क्रम बराबरको सहयोग गर्ने जनाएका छन् । आइतबार मात्रै क्रिकेट खेलाडी सन्दिप लामिछानेले माघ २२ देखि २९ गतेसम्म काठमाडौंमा हुने अमेरिका, ओमान सम्मिलित त्रिकोणात्मक लिगमा आफूले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए ।

रंगशाला निर्माण सहयोगार्थ निर्माणस्थलमा धनधान्याचल महोत्सव आइतबार देखि सुरु भएको छ । महोत्सवमा अहिलेसम्म ७० लाख बढि आर्थिक संकलन भइसकेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लाई आर्थिक सहयोग जुटाउन आईतबारदेखि शुरु श्रीम द्भागवत महापुराण एवं धनधान्याञ्चल महोत्सवको २२ बिधाका राष्ट्रिय खेलाडीहरुले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्