दुःखद् घडीमा सहयोग गर्नुको साटो अमेरिकाले ‘त्रा’स’ फैलाइरहेको छ : चीन

बेइजिङ : अमेरिकाले कोरोना भाइरसका बारेमा ‘त्रा’स’ फैलाइरहेको चीनले आ’रोप लगाएको छ ।चीनले सोमबार अमेरिकाले प्रा’ण घा’तक कोरोना भाइरस नियन्त्रणका लागि सहयोगभन्दा बढी त्रा’स फैलाएको आरोप लगाएको हो । सबै चिनियाँ यात्रु माथि प्र’तिबन्ध लगाएर अमेरिकाले त्रा’स फैलाएको चीनले आ’रोप लगाएको छ ।‘अमेरिकाले खासै महत्वपूर्ण सहयोग गरेको छैन।

उसले केवल ‘त्रा’स’ मात्रै फैलाइ रहेको छ,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले नियमित पत्रकार सम्मेलनमा बताइन् । अमेरिकाले शुक्रबार स्वास्थ्य सं’कटकाल घो’षणा गर्दै पछिल्लो समय चीन भ्रमण गरेका सबै विदेशी नागरिकको प्रवेशमा रो’क लगाएको थियो। अमेरिकी प्र’तिबन्ध आफ्नै नागरिकमाथि पनि लाग्नेछ।

कोरोना भाइरसको उ’द्गमस्थल रहेको हुबेईबाट फर्कने अमेरिकी नागरिकले अनिवार्य रुपमा १४ दिन क्वा’रेन्टाइनमा नि’गरानीमा बस्नुपर्छ। सोमबारसम्म अमेरिकामा ११ जनामा कोरोना भाइरसको सं’क्रमणको पुष्टि भएको छ। वुहानबाट सुरु भएको कोरोनाको प्र’कोप अहिले विश्वका २७ मुलुकमा फैलिइसकेको छ। रोसले कोरोना भाइरसका कारण अमेरिकामा थप रोजगार सिर्जना हुने वि’वादास्पद अभिव्यक्ति दिएका थिए। कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्