डिभोर्सबारे रामकृष्ण ढकालकी श्रीमती निलम यस्तो भन्छिन !

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलमबीचको सम्बन्ध वि’च्छेदको घटनाले अहिले सामाजिक सञ्जाल तातेको छ । विशेष परिस्थितिका कारण उनीहरुले एक दशक भन्दा लामो वैवाहिक जिवनलाई स’म्बन्ध विच्छेद गरेका छन् । अदालतमा सम्बन्ध विच्छेद गरे पछि पनि संगै रहेका उनीहरुले सामाजिक सञ्जालमा गरिएका टिका टिप्पणी प्रति जवाफ दिँदादिँदै हैरान भएका छन् ।

अदालतमा श्रीमतीसंग सम्बन्ध विच्छेद गरे लगत्तै गायक रामकृष्ण ढकालले आफुहरुको सम्बन्ध कहिल्यै नम र्ने भन्दै टिप्पणी लेखेका थिए । फेरी पनि सो सम्बन्धी समाचार बाहिरिएपछि उनले लामो स्टाटस लेखे । ढकालले आफुहरुको स’म्बन्ध विच्छेद नभएको तर्क गरेका छन् । ढकालको स्पष्टिकरण पछि पनि विभिन्न अनुमान लगाउँदै उनीहरुका बारेमा समाचार बाहिरिन छोडेनन् ।

लालीगुरास बहुउद्देश्यीय सहकारीवाट ऋण लिएर घर बनाएका ढकाल ऋणको जालो र ब्याजको दुष्चक्रमा परे। एक करोड ५० लाख ऋण लिएका ढकाललाई झण्डै ५ करोड बक्यौता तिर्न बाँकी रहेको भन्दै पत्रिकामा विज्ञापन आएपछि उनले पत्रकार सम्मेलन गरेर आफु ठगिएको बताएका थिए । सोही घटनालाई जोडेर उनीहरुको सम्बन्ध बिच्छेदलाई लिएर निलमका बारेमा नकारात्मक टिकाटिप्पणी गर्दै सामाजिक सञ्जालमा लेखिएपछि उनले स्पष्टिकरण दिएका हुन् ।

ढकालले आफ्नो नितान्त ब्यक्तिगत र पारिवारिक जिवन प्रति अडकलवाजी नगर्न र पत्नी निलिमाका बारेमा नकारात्मक टिप्पणी समेत नगर्न आग्रह गरेका छन् । पहिलो पटक ढकाल पत्नी निलमले पनि सामाजिक सञ्जाल मार्फत सम्बन्ध विच्छेदलाई लिएर फेसवुकमा स्टाटस लेखेकी छन् । उनले पनि आफूहरुले सम्बन्ध विच्छेद नगरेको दाबी गरेकी छिन्, उनले मिडियामा आइरहेका समाचार र भइरहेका सार्वजनिक टि’प्पणीले ‘सताइएको’ बताएकी छिन् । निलमले भनेकी छिन् – ‘हामी एक सानो तर खुशी परिवार हो र यदि मिडिया र व्यक्तिले हाम्रो परिवारलाई निरन्तर आ क्रमण गर्न रोक्नुभयो भने हामी यसको कदर गर्छौं ।’

निलमले सामाजिक सञ्जाल मार्फत यो हल्ला नि’राधार, भावनाहीन र हास्यास्पद भएको प्रतिक्रिया दिएकी छिन् । अदालतले सम्बन्ध वि’च्छेद भएको पुष्टि गरेको भए पनि गायक ढकाल र उनकी पत्नीले भने आफुहरु संगै रहेको बताएका छन् । यता अदालतले भने सम्बन्ध विच्छेद भएको पुष्टि गर्ने तर उनीहरुले भने सम्बन्ध विच्छेद नभएको दावी गरेपछि त्यसले सर्वसाधारणलाई अचम्मित तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्