लसुन र कुखुराको मासुको मूल्य दुई गुणा बढ्यो

काठमाडौं। प्याजको मूल्य वृध्दिकाे मारमा परेका उपभोक्ता मूल्य घटन नपाउँदै लसुन र बोइलर कुखुराको मासुको मूल्य बढ्दा मारमा छन। दैनिक उपभोग्य सामानको मूल्य बेला बेलामा एक्कासि आकासिनु रहस्यमय छ। बोइलर कुखुराको मासु लसुन लगायत दैनिक उपभोग्य वस्तुको उच्च रुपमा बढेको छ । २५ दिन अघि २६० रुपियाँमा पाईने हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०० रूपियाँ भन्दा माथि पुगेको छ ।

नेपाली बजारमा मासु मात्रै होईन लसुनको मूल्य आकासिएको छ । करिब २० दिन अघि लसुनको मूल्य प्रतिकिलो २५० देखि २८० रूपियाँ आसपास रहेकोमा अहिले बजार मूल्य ५०० रूपियाँ प्रतिकेजी पुगेको छ। चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा लसुनको मूल्य बढेको व्यवसायीहरूको भनाई छ । नाका बन्द रहेकाले लसुन आयात गर्न नसकिएको कारण देखाउँदै लसुनको मूल्य तत्काल नघटने उनीहरूको भनाई छ ।

तर यता उपभोक्ता बादीले अहिले बजारमा मासु र लसुनको मूल्य बढनु प्रमुख कारण काला बजारी गर्नेको चलखेल रहेको बताउँ छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन विगत देखि कालो बजारी गर्न पल्किएका हरुको कारण बजारभाउ आकासिएको बताउनु हुन्छ । केही समय अघि कुखुराको चल्ला मार्ने काम नियोजित रुपमा गरिएको भन्दै कालोबजारीका माफियाहरुलाई कारवाही नगरे सम्म यो चलिरहने उहाँको ठहर छ ।

सरकारलाई असफल बनाउन केही राजनीतिकदल माफियासँग मिलेर कालो बजारीमा लागेको समेत अध्यक्ष महर्जनको भनाई छ। यता कुखुरा उत्पादक संघका अध्यक्ष झनक पौडेल ठुला कोल्ड स्टोरका विचौ’लियाका कारण मासुको मूल्य आकासिएको आ’रोप लगाउनु हुन्छ । विगतदेखि कोल्ड स्टोरका मालिकहरूले किसानसँग कुखुरा छैन् भनेर मूल्य बढाउने गरेको उहाँको आ’रोप छ ।

प्रतिक्रिया दिनुहोस्