ह’त्या गरेको अवस्थामा वडाध्यक्षको श’व फेला, डीएसपी भन्छन् : अहिले केही भन्न मिल्दैन

काठमाडौं : अछामको पञ्चदेवल बिनायक नगर पालिका वडा नम्बर २ का वडाध्यक्ष ४० वर्षीय पदम बहादुर धामीको ह’त्या भएको छ । ह’त्या गरेर फालिएको अवस्थामा धामीको क्ष’तवि च्छद श’व घरदेखि पैदल आधा घन्टा टाढा गोठमा फे’ला परेको हो। धामी कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन्। धामीको घर पञ्चदेवलको बजारमा पर्छ।

श’व भने घरदेखि केही टाढा वडा नम्बर २ कै गैरीगाउँको एक गोठमा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख दीपक भारतीले जानकारी दिए । ‘हामी अहिले घटनास्थलमा छौँ। घटनाको प्रकृति मु’चुल्का हुँदै छ,’ भारतीले भने, ‘श’व हेर्दा ह’त्या भएको जस्तो देखिन्छ। अहिले सबै भन्न सक्ने अवस्था छैन। विस्तृत विवरण पछि खुलाउँला।’

ह’त्या कसले र किन गर्यो खुलेको छैन। कांग्रेस अछामका सहसचिव एवं प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले वडाध्यक्ष धामीको ह’त्या भएको बताए । ‘हामीले प्रहरीलाई तत्कालै अनुसन्धान थाल्न आग्रह गरेका छौँ,’ उनले भने । अनुसन्धानका लागि डिएसपी भारतीको नेतृत्वमा प्रहरी टोली बिहानै घ’टनस्थल पुगेको छ। अनुसन्धानका लागि धनगढीबाट तालीम प्राप्त कुकुर सहितको टोली मगाइएको प्रहरीले जनाएको छ।

धामीको श’व मंगलवार विहान फे’ला परेको हो। उनको राति नै ह’त्या भएको आशंका स्थानीयले गरेका छन् । धामी तत्कालिन नेकपा एमालेका उम्मेदवार लाई परा’जित गरि वडा अध्यक्षमा निर्वाचित भएका थिए । धामी शिक्षक पेशाबाट रा’जीनामा आएका हुन्।

प्रतिक्रिया दिनुहोस्