थाईल्याण्डले फेला पार्यो कोरोना भाइरसको औषधी !

एजेन्सी । थाईल्याण्डका चिकित्सकले आफूहरुले बुहान कोरोना भाइरसबाट सं’क्रमित भएकी एक बिरामीलाई सफलतापूर्वक निको पारेको बताएका छन। तिनले विभिन्न भाइरसको उपचारमा अहिले नै उपलब्ध औ’षधीलाई मिसाएर खान दिदाँ बि’रामीलाई सन्चो भएको जानकारी दिए । बैंककस्थित राजाभिथी अस्पतालका चिकित्सक डा.क्रियाङसक एतीपोर्नवानिचले अस्पतालमा उपचार गर्न चीनबाट आएकी एक ७१ वर्षे महिला भाइरसमुक्त भएको जानकारी दिए ।

डा.क्रियाङसकका अनुसार ती बिरामी महिलालाई ए’चआईभीको उपचारमा प्रयोग हुने औ’षधी र फ्लू हुदाँ खाइने औ’षधिको मिश्रण दिइएको थियो । ‘म अत्यन्त जटिल अवस्थामा रहेकी बि’रामीको उपचारमा संलग्न थिएँ र परिणाम सकारात्मक आएको छ । ४८ घण्टाभित्रै बि’रामीको स्वास्थ्य अवस्थामा तिव्र सुधार भएको छ र प’रीक्षणको परिणाम पनि ४८ घण्टाभित्र पोजिटिभबाट ने’गेटिभमा फेरिएको छ’ डा. क्रियाङसकले भने ।

अस्पताल प्रशासनले यो खबर सार्वजनिक गर्नको लागि पत्रकार सम्मेलन नै आयोजना ग¥यो। पत्रकार सम्मेलनमा अस्पतालका अधिकारीले निको भएको बि’रामीको स्वास प्रणालीमा अहिले कुनै भाइरस नदेखिएको बताए । उता, बेइजिङका अस्पतालहरुले केही बिरा मीलाई एचआईभी उपचारमा प्रयोग हुने औ’षधी दिएर निगरानी गरिरहेको थिए । तर यसले प’रिणाम बाहिर आएको छैन ।

प्रतिक्रिया दिनुहोस्