रोगले भन्दा पनि भोकले पो सिध्याउँछ कि जस्तो लाग्छ, रातभर निद्रै लाग्दैन’

काठमाडौं- सदाझैँ हरि शाही आफ्नो रिक्सा कुदाउँदै रत्नपार्क आइपुगे। रिक्सा रत्नपार्कस्थित पुरानो बसपार्कको एउटा कुनामा लगेर राखे। अनि सोही ठाउँमा खाना खानलाई लामबद्ध भएर बसे । ‘दोकानहरु सबै बन्द छन्, हामीलाई पेट भर्न साह्रै ग्राहो छ। उहाँहरुले जस्तो ल्याउनुहुन्छ, त्यस्तै खान्छु, मलाई त मिठो लाग्छ,’ उनी भन्छन्।

हरि शाहीले यसरी पुरानो बसपार्कमा खाना खान थालेको दुई हप्ता भइसकेको छ। दुई हप्ता देखि कोठा पनि गएका छैनन् उनी। आफ्नो सुत्ने ठाउँ रिक्सालाई नै बनाएका छन् उनले। दिनभरि यात्रुको पर्खाइमा यता-उता दौडिर हन्छन् उनी । कहिले वीर अस्पताल अगाडि त कहिले न्युरोड पुग्छन्। सुन्धारा, रत्नपार्क वरिपरि यात्रु पर्खिदा-पर्खिदै उनको दिन जान्छ।

‘केही कमाइ हुन्छ कि भनेर कोठाबाट निस्किए। लकडाउन रहेछ। कमाइ पनि भएन, कोठा पुग्दा रोग ल्यायो भनेर पस्न दिएन’ उनले दुखेसो पोखे। बर्खायामको समय। पानी परेका बेला रिक्सामै रात कटाउन कम्ता गाह्रो हुँदैन उनलाई। ‘पानी परेर के गर्नु? सुत्न त पर्‍यो, ओढ्ने कुरा पनि छ। कहिलेकाहीँ पानीले आधा शरीर भिजेको हुन्छ। मलाई यो रोगले भन्दा पनि भोक र पानीले पो सिध्याउँछ कि जस्तो लाग्छ, यस्तै सोचेर होला राति निद्रै लाग्दैन।’

रात कटाउन उनी कहिले वीर अस्पताल नजिकै त कहिले वसन्तपुर, असन छेउछाउँ रिक्सा तेर्स्याउँछन्। सात महिनाअघि मात्रै उनले ६५हजारमा ‘सेकेण्ड ह्यान्ड’ रिक्सा किनेका रहेछन्। बीस वर्षदेखि रिक्सा चलाइरहेका उनले पैसाका लागि कहिल्यै मरिहत्ते गरेनन् ।उनी सुनाउँदै थिए ‘एकदिन क्षेत्रपाटीबाट एकजना बुढी आमै चढ्नु भएछ। रत्नपार्कसम्म पुर्‍याउन भन्नुयो। ओर्लिने बेला उहाँले ५० रुपैयाँमात्र छ भन्नुभयो। त्यो दिन उनको बोहनी पनि भएको थिएन, नत गोजीमा पैसानै। अघिल्लो रात उनी भोको पेट सुतेका रहेछन

‘धेरै भोक लागेको थियो। बुढी आमैले भाडा दिनुहोला र केही खाउला सोचेको थिएँ। तर ती आमैसँग ५० रुपैयाँ मात्र रहेको सुनेपछि भाडा लिन मन लागेन। सोँचे उनी कसरी फर्केर जालान्। बसपार्क तिर खाना खुवाउँछ रे भनेर उनले सुनेका रहेछन्। केही खान पाइन्छ कि उनी त्यतै कुदे। ‘बसपार्कमा धेरै जना खाना खाइरहेको देखेँ। र, भोको पेट लिएर म पनि त्यही लाममा बसे।’ भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्