सहानुभूति जित्न थालेको भनिएको प्रहरीको यो ह’र्कतलाई के भन्ने ? (भिडियो सहित)

काठमाडौं, १९ भदौ । लतिलपुरको पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको विवादपछि एक ट्राफिक प्रहरीमाथि भएको आ,क्रम’णको सर्वत्र नि’न्दा भएको छ । को’रोनाको जो’खिम बीच अ’ग्रपंक्तिमा खटिएर कतिपय प्रहरी आफै संक्रमित भइरहेको अवस्थामा समग्र प्रहरी संगठन प्रति आम नेपाली जनताको सहानुभूति पनि बढेको छ ।

तर शुक्रबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोेले भने पुनः प्रहरीको शैली र व्यवहारलाई लिएर चर्को टिप्पणी हुन थालेको छ। भिडियोमा पूजा गर्दै गरेकी एक महिलालाई एक प्रहरी जवानले हुकले नियन्त्रणमा लिएर गएको दृश्य देख्न सकिन्छ । यो काठमाडौंको झोछेँमा बिहीबार साँझ घटेको घटना हो । सम्पदा र संस्कृति संरक्षणमा सक्रिय रहेका झोछेँका युवा गणपतिलाल श्रेष्ठ अनुसार इन्द्र जात्राको अवसरमा झोछेँको चोकमा रहेको भगवान महादेव र भगवान बुद्धको मूर्तिमा पूजा गर्ने चलन रहेको छ ।

इन्द्रजात्रा नमनाइएपनि यही अवसरमा स्थानीयले श्र’द्धा भक्तिपूर्वक मूर्तिमा गर्ने परम्परागत पूजालाई भने निरन्तरता दिएका थिए । एक महिला आफ्नै घर अगाडिको झोछेँ चोकमा रहेको महादेव र बुद्धको मूुर्तिमा पूजा गर्दै गरेको अवस्थामा न्यूरोडमा रहेको जनसेवा प्रहरीको टोलीले नियन्त्रणमा लिएको दृश्य भिडियोमा देख्न सकिन्छ ।

न त्यहाँ सामाजिक दुरीको कुनै उल्लंघन गरिएका थियो नत महिला विना मास्क नै थिइन। उनी निर्भयका साथ पूजा गरिरहेकी थिइन। तर उक्त महिला आफु पूजा गर्न निस्किएको अन्य कतै पनि नगएको बताउँदा बताउँदै पनि जनसेवाका प्रहरीले नियन्त्रणमा लिएर उनलाई जनसेवाको हि’रासतमा पुर्याएको थियो । ‘घटना लगत्तै हामी जनसेवाको कार्यालयमा पुगेर महिलालाई छुटाउन सफल भयौ जनसेवा प्रहरीले ग’ल्ती स्वीकारेको छ’ श्रेष्ठले न्यूज २४ लाई बताउनु भयो ।

महिललाई नियन्त्रणमा लिँदा माइकिङ गर्ने प्रहरी निरीक्षक र अर्को जवान रहेको बताइएको छ । नियन्त्रणमा लिइएको महिलाले लकडाउन देखि नि’षेधाज्ञामा झोछेँ क्षेत्रमा खटिएका प्रहरीलाई आफैले खाजा र पानीको समेत व्यवस्था गर्दै आएको पनि अभियन्ता श्रेष्ठले न्यूज २४ लाई बताउनु भयो । प्रहरी संगठनप्रति सहानुभूति उर्लन खोजिरहेको अवस्थामा यस्तो हर्कतले भने प्रहरीले पुनः जनताको विश्वास गुमाउने निश्चित छ । यस विषयमा जनसेवा प्रहरीका भने कसैले पनि प्रतिक्रिया दिन चाहेनन् । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्