कोरोना भाइरस: चीनमा यसरी बन्यो १० दिनमा अस्पताल (भिडीयो सहित)

एजेन्सी : कोरोना भाइरसको महामारी फैलिएको चीनको वुहानमा बिरामीहरूको उपचारका लागि १० दिनमा एउटा अस्पतालको निर्माण सम्पन्न भएको छ। उक्त अस्पतालमा १,००० वटा शय्या भएको अधिकारीहरूले बताएका छन्। ज्यानुअरी २४ मा निर्माण सुरु भएको उक्त अस्पताल फेब्रुअरी ३ मा सञ्चालनमा आएको हो।

१ करोड १० लाख जनसङ्ख्या भएको वुहानबाट यो स ङ्क्रमण सुरु भएको थियो। यो शहरका अस्पतालमा चिन्ताग्रस्त मानिसहरूको भिड लागेको छ र औषधि पसलहरूमा औषधिको अभाव भएको छ। राज्य नियन्त्रित सञ्चार माध्यमका अनुसार नयाँ अस्पतालमा १ हजार शैय्या छन्। चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमले प्रकाशित गरेको भिडिओ फुटेजमा २५,००० वर्ग मीटर क्षेत्रफल रहेको अस्पताल निर्माण क्षेत्रमा डिगरहरू देखाइएका छन्।

सन् २००३ मा सार्स भाइरस सङ्क्रमणका बेला बेइजिङमा यस्तै खालको अस्पताल बनाइएको थियो। त्यसैका आधारमा नयाँ अस्पताल बनाइने बताइएको छ। समयमै योजना सम्पन्न गर्न देशका विभिन्न भू-भागबाट इन्जिनियरहरू आएका थिए । “चीनमा इन्जिनियरिङ कार्य राम्रो छ। कसरी निर्माण गरिएको थियो त त्यत्रो ठूलो संरचना ? यो हेर्नुहोस… भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्