ट्र’म्पको समर्थनमा आयोजित प’रेडमा सामेल कयौं डुंगा यसरी डु’बे (भिडियो सहित)

एजेन्सी (बीबीसी) । आगामी नोभेम्बर महिनामा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीका तर्फबाट हालका राष्ट्रपति डोनाल्ड ट्र’म्पले दोस्रो कार्यकालको लागि चुनाव ल’ड्दै छन् भने डेमोक्रेटिकका तर्फबाट पूर्व उप राष्ट्रपति जो बाइडनले ट्र’म्पलाई टक्कर दिँदैछन् । चुनाव आउन दुई महिना मात्र बाँकी रहँदा ट्र’म्प र बाइडन चुनावी अभियानमा लागिसकेका छन् ।

दुवै पार्टीका समर्थकले पनि आफ्ना उम्मेदवारको पक्षमा विभिन्न र्याली र प’रेडहरु निकालेका छन् । शनिबार मात्र अमेरिकी राज्य टेक्ससको एउटा तालमा राष्ट्रपति डोनल्ड ट्र’म्पको समर्थनमा एउटा प’रेडको आयोजना भएको थियो। उक्त प’रेडमा २६ सय व्यक्ति हरु सयौं डुंगामा सहभागी भएका थिए । तालमा सयौं डुं’गाहरु चलाइएपछि त्यहाँ कयौं डुंगाहरु पनि डु’बेको बीबीसीले जनाएको छ ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा ट्र’म्पको चुनाव प्रचारका झ’ण्डा सहितका डुङ्गाहरू एकअर्काको निकै नजिक तैरि रहेका देखिन्छन् । उक्त ट्राभिस काउन्टीका शेरिफको कार्यालयका अनुसार केही डु’ङ्गामा पानी पसेको थियो, केही रोकिएका थिए भने केही डु’बेका थिए ।

उक्त कार्यालयले घ’टनाको अनुसन्धान थालेको छ तर नि’यतवश दु’र्घटना भएको कुनै प्रमाण नभएको पनि जनाइएको छ । डुंगा दु’र्घटनामा कोही घा’इते भएका छैनन् । अधिकारीहरूका अनुसार धेरै संख्यामा डुङ्गाहरू एक आपसको नजिकै चलेको हुँदा त्यसले तालको पानीमा ल्याएको तरङ्गका कारण छाल उत्पन्न भएपछि सो घ’टना भएको हुनसक्छ । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्