किड्नी ट्रान्सप्लान्ट गर्छु, तीन वर्ष ढुक्कले काम गर्छु: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा केही नयाँ कुरा खुलाएका छन् । उनले चाँडै किड्नी ट्रान्स प्लान्ट गर्न लागेको जानकारी दिएका छन् । मंगलवार सांझ मिडियाका सम्पादकहरुसंगको भेटघाट कार्य क्रमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बताएका हुन् ।

उनले आफु अब तीन वर्ष प्रधानमन्त्री भएर देश चलाउनका लागि किड्नी ट्रान्सप्लान्ट गर्ने निर्णय गरेको बताएका छन् । लगातार डायलसिस गर्नुभन्दा ट्रान्सप्लान्ट गर्दा नै स्वास्थ्य राम्रो हुने भएकाले आफुले त्यस्तो निर्णय गरेको जानकारी प्रधान मन्त्रीले दिएका छन् ।१२ वर्ष अगाडी आफन्तको किड्नी ट्रान्सप्लान्ट गरेका प्रधानमन्त्री फेरी अहिले केही महिना यता डायलसिसमा छन् ।

ट्रान्सप्लान्ट गरेको किड्नीले काम गर्न छोडेका कारण उनी डायलसिसको सहरामा छन। उनले यस अघि अर्का अध्यक्ष पुष्पकमल दाहालसंग सरकार संचालनका सम्बन्धमा भएको सहमतिमा पनि फेरवदल भएको बताएका छन् । यस अघि आलोपालो प्रधानमन्त्री बन्ने सहमति प्रचण्ड र ओलीबीच भएको बताइएको थियो । तर अहिले प्रचण्डको सहमतिमै आफु ५ वर्षकै लागि प्रधानमन्त्री रहने उनको भनाई छ ।

ुप्रचण्डु कै प्रस्तावअनुसार पहिलाको आलोपालो प्रधानमन्त्री हुने सहमति छोडेर पाँच वर्ष आफू नै प्रधानमन्त्री हुने निर्णय गरेको बताए। भर्खरै सम्पन्न केन्द्रिय समि तिको बैठकले पनि त्यसको सन्देश दिएको उनको भनाई छ । प्रधान मन्त्री ओलीको एउटा मिर्गौलामा सामान्य समस्या आएको छ प्रधानमन्त्री ओलीले भने, ‘समस्या देखिएको मिर्गौला किन राख्ने ? त्यसैले छिट्टै परिवर्तन (प्रत्या’रोपण) गर्दैछु।’

प्रतिक्रिया दिनुहोस्