रंगशालामा महायज्ञः कोमल ओलीले गरिन यती ठुलो सहयोगको घोषणा !

चितवन: भरतपुरको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन जारी धनधान्यान्चल महोत्सवमा राष्ट्रिय सभा उपाध्यक्ष तथा सदस्यहरुले सहयोग गरेका छन। आज (मंगलवार) धनधान्यान्चल महोत्सव परि सरमा उपस्थित राष्ट्रिय सभा उपाध्यक्ष तथा सदस्यहरुले रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा उपस्थित राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले रंगशाला निर्माणका लागि ५० बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेकी छिन् । दाहालले रंगशाला देश कै सान र गहना भएकोले सबैलाई सहयोग गर्न आग्रह पनि गरिन् । यस्तै उनले रंगशाला निर्माण सहयोग लागि आफ्नो प्रदेश र जिल्लालाई आह्वान गर्ने प्रतिबद्दता समेत जनाइन् ।

राष्ट्रिय सभा सदस्य तथा चर्चित लोक दोहोरी गायिका कोमल ओलीले रंगशाला निर्माणका लागि ५५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गरेकी छिन् । सहयोग रकम घोषणा गर्दै ओलीले यो अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरिन् । उनले रंगशाला निर्माण का धनधान्यान्चल आयोजना गर्न चितवनबासी एक भएकोमा खुशी व्यक्त गरिन् । ओली प्रदेश ५ को प्रतिनिधित्व गर्दै राष्ट्रिय सभाको सदस्य रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्