यी हुन् भोकाएका सन्तानका लागि केश बेच्ने आमा, यस्तो छ कहाली लाग्दो कहानी !

काठमाडौं। प्रेमा सेल्भमको जीवनमा आफ्ना भो’काएका सन्तानका लागि दुई अमेरिकी डलर अर्थात् मात्र १ सय ५० भारुमा आफ्नो केश बेच्नु परेको दिन सबैभन्दा क’हाली लाग्दो थियो । आफ्नो व्यापार बि’ग्रनुका साथै ऋण तिर्न नसकेकाले उनका पतिले आ त्म ह’त्या गरेका थिए। त्यसयता तीन सन्तानको सम्पूर्ण जिम्मेवारी प्रेमाको काँधमा परेको थियो।

तैपनि उनले हिम्मत हारेकी थिइनन्। प्रेमा आफ्ना पतिसंग दक्षिण भारतीय राज्य तमिलनाडुको एउटा इटा भट्टीमा काम गर्थे। दुवैको श्रमले जेनतेन परिवार चलिरहेको थियो। आफ्नै इँटा भट्टी खोल्न ृउनका पतिले ऋण लिए। तर सोचेजस्तो काम भएन। फलतः ऋण तिर्न नसक्ने देखेर उनले गतवर्ष आत्महत्या नै गरे। प्रेमाले आफ्ना साना दुई सन्तानलाई पनि भट्टीमा काम लगाइन्।

तर त्यसभन्दा पहिले उनले दिनको २ सयमा भट्टीमा काम गरिहेकी थिइन्। तर अचानक एक दिन हनहनी ज्वरो आयो। उनी कमजोर भइन्। इँटा बोक्ने स्थितिमा उनी थिइनन्। अधिकांश समय उनी घरमै थ’ला परिन्। तीन महिना बिरामी हुँदा उनीमाथि अझै ऋ’ण थपियो। घरमा खान एक अन्न बाँकी रहेन। उनी पुराना दिन सम्झन्छिन् , ‘एक दिन मेरो सात वर्षको छोरो कालियाप्पान विद्यालयबाट फर्के।

उनले खाना मागे। मैले केही खान दिन नसकेपछि उनी रुन थाले। बेच्न कुनै गहना थिएन, साट्न भान्छामा भाँडाकुँडा समेत थिएनन्। के प्लास्टिकका बाल्टिन बाहेक केहि थिएनन्। त्यसपछि एउटा कुरा अचा’नक सम्झें । मसंग बेच्न एउटै चिज बाँकी रहेको भनेको मेरो केश थियो। भारतबाट ठूलो परिमाणमा मानव के’श विदेशमा निर्यात हुने गर्दछ। केहि हि’न्दु ध’र्मावलम्वीहरुले त आफ्नो कुनै महत्वपूर्ण इच्छा पूरा हुँदा मन्दिरमा भगवानर्लाइ पनि आफ्ना केश चढाउने गर्दछन्।

मैले दुई डलरमा आफ्नो केश पूरा खौरिन लगाए । मैले सन्तानका लागि प्रति पोका २० रु पर्ने तीन पोका भात किनेर ल्याए । ’ तर त्यति पैसाले कति दिन चल्थ्यो। उनले आ त्म ह’त्या गर्न बाहिर एउटा पसलमा गएर आ त्म ह’त्या गर्ने कुनै चिज किन्न खोजिन्। तर उनको हाउभाउ देखेर शंका लागेर पसलेले उनलाई केहि पनि बेच्न अस्वि’कार गरे। प्रेमा घर फर्केर अन्य कुनै उपायले आ त्म ह’त्या गर्न खोजिन्।

तर उनको छिमेकमै बस्ने उनकी बहिनीले समयमै उनलाई ब’चाइन्। केहि दिनपछि स्थानीय एक इँटा भट्टीमालिक साथी मार्फत् बाला मुरुगानले प्रेमाको दु’खद कहानी सुने। बाल आए पनि बाल्यकालमा असह््य गरिबीबाट गुज्रेका थिए। तिनका आमाले तिनीहरुका किताब र पत्रिका नै बेचेर चामले किन्ने गर्थिन्। बलाकी आमाले पनि गरिबी सहन नसकेर आत्म ह’त्या गर्ने खोजेकी थिइन्।

तर उनक ैसन्तानले समयमै डाक्टरकहाँ लगेर उनको ज्यान ब’चाएका थिए। अहिले धेरै आर्थिक सुधाार गरिसकेका बालको आफ्र्नै एउटा कम्प्युटर ग्राफिक्स सेन्टर छ । प्रेमालाई हिम्मत हार्न नहुने उपदेश दिँदै बालर उनका साथी प्रभुले उनलाई खाना किन्न केहि पैसा दिए। त्यसपछि बालाले प्रेमाको कथा व्यथा सामाजिक संजा’लम हाले। एकै दिनमा सहयोग रकम १ ला २० हजार भारु संकलन भयो।

उनले यसरी उठेको रकमबाट आफ्नो अधिकाशं ऋण पनि नतिर्ने कुरा गरिन््। उनकै अनुरोधमा पैसा उठाउने काम रोकियो। उनले बाँकी रकम आफैले काम गरेर मर्ने विचार गरिन्। अहिले उनको महनाको करिव सात सयको हिसाबले मात्र ऋ’ण तिर्न बाँकी छ। तिनको धैर्य र मिहेनत देखेर जिल्लाका सरकारी अधिकारीहरुले उनलाई दूधको डि’लरसिप दिलाइदिने वाचा गरेका छन्। प्रेमाको गरिबी दिन प्रतिदिन उनीबाट टाढिंदै गइरहेको छ। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्