प्रचण्ड वि’रुद्ध गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालय

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी यु’द्ध कालीन घटनाको विषयलाई लिएर गंगामाया अधिकारी संयुक्त राष्ट्रसंघीय कार्यालय पुगेर न्या’यको या’चना गरेकी छन् । यु’द्ध कालमा आफ्ना छोरा कृष्ण प्रसादको माओवादीले ह’त्या गरेको र ह’त्यारालाई का’रबाहीको मा’ग राखेर आ’मरण अ’नसन बस्दै आएकी गंगामाया मंगलबार पुल्चोकस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा पुगेर न्या’यका लागि सहयोगको अ’पील गरेकी हुन् ।

राष्ट्रसंघका आवसीय प्रतिनिधि जुलियाड भ्यालरीलाई भेटेर उनले राज्यले आफ्नो परिवारलाई न्या’य दिन नसकेकाले न्या’य दि’लाउन घ’टनालाई अन्तर्राष्ट्रिय करण गर्न सहयोग गरिदिन आ’ग्रह गरेकी हुन् । छोराका ह’त्यारालाई का’रबाही नगरेसम्म सं’घर्ष गरिरहने बताउँदै आएकी गंगामाया मंगलबार राष्ट्रसंघीय कार्यालय पुगेकी हुन् ।

उनको आग्रहप्रति आवासीय प्रतिनिधि भ्यालरीले गंगामायाको मागलाई ग’म्भिरतापूर्वक लिन नेपाल सरकारको ध्या’नाकर्षण गरिन् । गंगा मायाले लामो समयसम्म न्या’य नपाएको बताउँदै उनले मानवअधिकारको ग’म्भीर उ’न्लंघन गर्नेलाई का’रबाही गर्नुपर्ने बताइन् । गोरखा फुजेलका अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसादको २०६१ सालमा माओवादीले चितवनमा ह’त्या गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्