पालैपालो यौ’नसम्पर्क पछि ह’त्या, हराएको मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो ह’त्यारा

काठमाडौँ। गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा ह’त्या गरिएको अवस्थामा भेटिएकी हेटौंडा उपमहानगरपालिका –११ की तेस्रो लि’ङ्गी अजिता भुजेलको ह’त्यामा सं’लग्नहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरे को छ । घटना भएको १७ दिनपछि प्रहरीले हत्यामा संलग्न रहेकालाई प’क्राउ गरेको हो ।

प’क्राउ पर्नेमा हेटौंडा –९ बस्ने वर्ष १८ का सिमोन परियार, हेटौंडा–४ बस्ने वर्ष २४ का आशिष बल, हेटौंडा–१४ बस्ने वर्ष २१ का बुद्ध लामा र हेटौंडा–४ बस्ने वर्ष २५ का सशील थापा मगर रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले प’क्राउ गरेको हो । अजिताको हराएको मोबाइल ‘अन’ भएपछि प्रहरीले अजिताको ह’त्यामा सं’लग्न उनीहरुलाई प’क्राउ गरेको हो ।

उनीहरुले युवतीलाई पैसाको लोभ देखाई यौन सम्पर्क गरेका थिए । ना ६ ख ६५२७ नम्बरको ट्रकको क्याबिनमा ७ हजार रुपैयाँ दिने सहमतिमा महिलासँग उनीहरुले यौन सम्पर्क गरेको र पछि पैसामा कुरा नमिलेपछि ४ जानाले नै हत्या गरेको प्रहरीले जनाएको छ । ट्रकभित्रै युवतीको हत्या गरेपछि ४ युवाले क्याम्पाडाँडामा लगेर फालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्