यसरी भयो पहिलो टेस्टट्युब बेबीको व्रतबन्ध

काठमाडौं: नेपालको पहिलो टेस्टट्युब बेबी ओममणि तामाङको बुधबार व्रतबन्ध (छेवर) सम्पन्न भएको छ। १५ वर्षीय तामाङको भगवान्पाउस्थित जगतप्रकाश गुम्बामा बौद्ध धर्मअनुसार व्रतबन्ध गरिएको हो। उनको न्वारनको नाम ‘नोर्बु तामाङ’ हो। व्रतबन्धमा पूजापाठ भएपछि लामा गुरूले उनको टुप्पी काटेर व्रतबन्ध सुरु गरेका थिए ।

तामाङ समुदायमा टुप्पी का’टेपछि मामाले कपाल काट्ने चलन छ।सोही अनुसार उनको कपाल छोटो पारी व्रतबन्ध गरिएको हो। बौद्ध धर्मअनुसार व्रतबन्धमा कपाल खाैरिनु नपर्ने उनकी आमाले बताइन्। उनले भनिन् ‘हाम्रो संस्कार अनुसार व्रतबन्धमा कपाल खाैरिने चलन छैन।’ आफ्नो व्रतबन्ध भएकोमा ओममणिले पनि खुशी लागेको बताए।

ओममणि हाल सेन्टजेभियर्स स्कुलको कक्षा ९ मा पढ्छन्। शास्त्रीय रुपमा धार्मिक कर्तव्य, सांस्कृतिक कर्तव्य र अनुशासनमा बस्नुपर्ने कर्तव्य स्मरण गराउनको लागि जनैलाई एउटा धार्मिक तथा सांस्कृतिक चिन्हको रुममा धारण गरिएकाे हाे। प्राचीनकालमा जनैलाई द्विजायनी भनिन्थ्यो। जनै द्विजायनीकै अपभ्रंश शब्द हो।

प्रतिक्रिया दिनुहोस्