‘घरघरमा झ’ण्डा, गर्भवतीलाई अण्डा’ कार्यक्रम लागू

काठमाडौं : बालमृ’त्यु दर तथा कुपोषणबाट बचाउन जाजरकाेटकाे नलगाड नगरपालिकाले सुनौला हजार दिन कार्यक्रम सञ्चालनमा ल्याएको छ। गर्भवती भएदेखि १ हजार दिनसम्मका महिला तथा नावालकलाई यो कार्यक्रममा समेटिने नगर पालिकाले जनाएको छ । नगरभित्रका १३ वटा वडामा लागू गरिएको यस कार्यक्रमबाट हरेक वडाका ३५ जना गर्भवती महिलालाई सुविधा दिईएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले बताए ।

कार्यक्रम अन्तर्गत प्रत्येक गर्भवती महिलालाई स्थानीय ध्यु, तेल र कुखुरा उपलव्ध गराइएको छ । ग’र्भवती महिलालाई पोषणका केही औषधी समेत दिइएको पोषण सम्पर्क व्यक्ति किरण थापाले जानकारी दिए । साथै करेसा बारीमा ताजा तरकारी उत्पादन गर्नका लागि विउविजन र तालिम समेत दिएको उनले बताए । नियमित गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा आउने सुत्केरी महिलालाई मात्र यस्ताे सुविधा दिने गरेको उनले जाकारी दिए ।

बालमृत्यु दर कम गर्न र जन्मेका बच्चाको पोषणमा ध्यान दिन यस्तो कार्यक्रम अघि बढाइएको नगरप्रमुख टेकबहादुर रावलले बताए । ‘घरघरमा झ’ण्डा, गर्भवतीलाई अण्डा’ भन्ने नारासहित नगरपालिकाले अर्को कार्यक्रम समेत सञ्चालन गदै आएको छ । गर्भ’वती महिला भएको घरमा झण्डा गाडेर सूचकका आधारमा सेवा, सुविधा दिने गरिएको प्रमुख रावलले बताए । नया पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्