बिहानै ६ रेक्टरको भूकम्पकाे धक्का

३१ भदौ, काठमाडौं । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको पराकम्प काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा महसुस गरिएको थियो। भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको हो ।भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको छ।

भूकम्पले सिन्धुपाल्चोकमा घरहरुमा सामान्य क्षति विवरण आए पनि मानवीय क्षती भए नभएको जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भूकम्पले घरहरु चर्किएको जानकारी दिएका छन। भूकम्पको धक्का सिन्धुपाल्चोक र आस पासको क्षेत्रमा महसुस गरिएको थियो । काठमाडौंमासहित आसपासको क्षेत्रका नागरिक केहीबेर घर बाहिर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्