सिन्धुपाल्चोक राम्चे केन्द्र विन्द्र भएर फेरि अर्काे भूकम्प

काठमाडाैं, ३१ भदाै । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर फेरि अर्काे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रको अनुसार बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्नि च्यूडको अर्काे भ्रकम्प गएको हो । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको ठूलो भूकम्प गएको थियो ।

भूकम्पले काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लाहरुलाई पनि हल्लाएको थियो । २०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामै भएको थियो । सो भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षा याममा पहिरोले पनि सबै भन्दा धेरै क्षति सिन्धुपाल्चोकमै पुर्याएको छ । आज बिहानको भूकम्पले जमिन थप कमजोर बनाएको अनुमान गर्दै प्रजिअ ढकालले भने, ‘पहिरोको जोखिम बढ्यो, आर्मी र एपीएफलाई अलर्ट बस्न भनेको छु ।’

प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइ नसकेको बताए । सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले पनि जिल्लामा हाल सम्म कुनै क्षतिको विवरण नआएको बताए । आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै उनले हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाए ।

प्रतिक्रिया दिनुहोस्