हिउँ माथि सुत्केरी छ’ट्पटाउँदै रोईरहिन्, श्रीमान्ले छाडे, प्रहरीले उ’द्दार गर्यो !

काठमाण्डौ । सुत्केरी व्यथाले छट्पटाउँदै गरेकी महिलालाई हिउँमाथि अ’लपत्र छा’डेर श्रीमान् स’म्पर्कविहीन भएका छन् । सुत्केरीको बैतडी प्रहरीले उद्दार गरेको छ ।सुत्केरी व्य’था लागेर हिउँमाथि छ’ट्पटाउँदै अ’लपत्र परेकी कुमारी बिष्ट लाई बैतडी प्रहरीले उद्दार गरेर प्रसूति केन्द्र पु¥याएपछि बिष्टले छोरो जन्माउनु भएको छ ।

बैतडीको पुरचौडी नगरपालिका–१०, डाँडागाउँका अम्मर बिष्टले सुत्केरी श्रीमति कुमारी बिष्टलाई अ’लपत्र छो’डेर साथमा भएको एक हजार रुपियाँ समेत लगेर स’म्पर्क विहीन भएका छन् । श्रीमान्ले अ’लपत्र पारेर हिँडे पछि सुत्केरी कुमारी बिष्टलाई बैतडी प्रहरीले शनिबार दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बजारमा रोईरहेको अवस्थामा फेला पारेको थियो ।

सुत्केरी श्रीमतिलाई छो’डेर हिँड्ने श्रीमान अम्मर बिष्टको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ डिल्ली नारायण पाण्डेले बताउनु भयो । प्रनाउ पाण्डेयले भन्नुभयो,‘सुत्केरी हुन श्रीमानको साथमा बैतडी अस्पताल आएकी कुमारी बिष्टलाई अस्पतालले १९ गते रेफर गरेको रहेछ । रे’फर गरिएकी श्रीमतिलाई छोडेर एकहजार रुपियाँ समेत लगेर श्रीमानले स’म्पर्क विहीन छन् ।

श्रीमानले छोडेरपछि सुत्केरी महिला बसमा चढेर दोगडाकेदारको सिल्लेगडा पुग्नुभयो । शनिबार हिमपात पनि भईरहेको थियो । सुत्केरी महिला बजारमा छ’ट्पटाउँदै रोईरहेको खबर आए पछि तुरुन्तै उ’द्धार गर्यौं ।’हिमपात र वर्षा भईरहेको बेलामा सुत्केरी महिला छ’ट्पटाउँदै रो’ईरहेको सूचना पाएपछि स्थानीय खोचलेक प्रहरी चौकीका ईन्चार्ज शंकरदत्त भट्टको कमाण्डमा चार जना प्रहरी खटाएर सुत्केरीको उ’द्धार गरिएको प्रनाउ पाण्डेयले बताउनु भयो ।

सुत्केरीलाई अस्पताल लैजान जिप बुक गरे पनि सुर्नया गाउँ पालिकाको धर्मघरमा हिमपातमा गाडी फ’सेपछि सुत्केरीलाई पुनः दोगडाकेदार गाउँ पालिकाको सिल्लेगडा प्रसूति के’न्द्रमा पु¥याए पछि कुमारी बिष्टले आईतबार बिहान ६ः०० बजे छोरो जन्माएको प्रहरीले जानकारी दिएको छ । सुत्केरी महिला र बच्चाको अवस्था सा’मान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

कुमारी बिष्ट पहिलो पटक सुत्केरी भएको र उनका श्रीमान अम्मर बिष्ट यसअघि दार्चुलामा ज्यालामजदूरीको काम गर्ने गरेको सूचना प्रप्त भएको प्रहरीले जानकारी दिएको छ। सुत्केरी पछि कुमारी बिष्टलाई प्रहरी र स्थानीय बजारवासीले न्यानो लुगा उपलब्ध गराएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्