अख्तियारको जालोमा हालसम्मकै ठूलोे माछा, गच्छदार वि’रुद्ध साढे ९ करोडको भ्रष्टा’चार मु’द्दा

काठमान्डौ : बालुवाटार स्थित १ सय १४ रोपनी जग्गा हिना’मिना प्र’करणमा १ सय भन्दा बढीलाई प्र’तिवादी बनाउँदै अदालतमा मु’द्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मु’द्दा दायर गरे को हो। अख्ति यारले मुद्दा दायर गरेकाहरूको सूचीमा तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधार सचिव दीपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्‍त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन्। यसैगरी, तत्कालीन सचिव छवि पन्त लगायतका उच्च अधिकारी र कर्मचारी रहेको अख्तियारले जनाएको छ।

अनुसन्धान पुरा भएपछि अख्तियारको टोली अदालत पुगेर अभियोग पत्र दर्ता गरेको हो । पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री बनेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मु’द्दा दायर गरेको हो । उनी वि’रुद्ध ९ करोड ६५ लाख बिगो कायम गरिएको छ। बालुवाटारस्थित ललिता निवासको जग्गा कीर्ते गरी व्यक्तिको नाममा सारेर भ्रष्टा’चार गरेको आ’रोपमा गच्छदार सहित पूर्व मन्त्रीहरू छविराज पन्त, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, अख्तियार कै पूर्वप्रमुख आयुक्त दीप बस्न्यात लगायत १७५ जना वि’रुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा बुधवार भ्रष्टा’चार मु’द्दा दायर गरेको हो ।

पटक–पटक मन्त्री बनेका गच्छदारका समकालीन नेताहरू खुम बहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्ता र गोविन्दराज जोशी लगायतले यसअघि नै भ्रष्टाचार मु’द्दा खेपिसकेका छन् । नेपाली कांग्रेस सत्तामा रहेको समयमा २०४८ साल देखि उनी लाभको पदमा पटक–पटक पुगेका थिए । २०४८ सालको संसदीय निर्वाचनपछि लगातार निर्वाचित हुने सांसदमा गच्छदार पनि एक हुन् । गणतन्त्र स्थापना पछि पनि उनी माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई सरकारमा उपप्रधान मन्त्री सहित गृहमन्त्री बनेका थिए । २०६३ सालमा मधेश आ’न्दोलन शुरू भएपछि गच्छदार नेपाली कांग्रेस छाडेर तत्कालीन मधेशी जनअधिकार फोरममा सहभागी भएका थिए ।

माधवकुमार नेपाल सरकारमा सहभागी हुन उनले तत्कालीन फोरम फुटाएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए। फोरमबाट पटक–पटक सरकारमा सहभागी भएका गच्छदार २०७४ सालको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस प्रवेश गरेका थिए । सुनसरी बाट प्रत्यक्ष निर्वाचित गच्छदार अहिले नेपाली कांग्रेस संसदीय दलका उपनेता हुन् । विक्रम संवत् २०२० सालमा भलुवा– ८ सुनसरीमा जन्मिएका गच्छदार २०२६ सालदेखि राजनीतिमा सक्रिय छन् । महेन्द्र मोरङ क्याम्पस विराट नगरबाट उनले विद्यार्थी राजनीति शुरू गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्