कमरेडको सिरानीमुनी ला’लपुर्जा, गच्छदारलाई मु’द्दा ?

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रक’रणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदार वि’रुद्ध भ्रष्टा’चार मु’द्धा दायर गरेपछि कांग्रेसले आपत्ति जनाएको छ । बुधबार अख्तियारले गच्छदार सहित १७५ जनालाई भ्रष्टा’चार मु’द्धा दायर गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आ’पत्ति जनाएका हुन्। ‘श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय।

एक पूर्वमन्त्री कमरेडको सिरानीमुनी लालपुर्जा,’ शर्माले ट्वीटमा लेखेका छन् ‘मुद्दा कसलाई ? विजय गच्छदारलाई।`एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्-All animals are equal, but some are more equal than others।’ सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको अभियोगमा अख्तियारले मु’द्दा दायर गरेको हो। अख्तियारले छानबिनको क्रममा डेढ सयभन्दा बढी व्यक्तिसँग बयान लिएको थियो।

अख्तियारले मु’द्दा दायर गर्ने सूचीमा तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधार सचिव दिपकुमार बस्न्यात, तत्कालीन भूमिसुधार मन्‍त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, तत्कालीन सचिव छवि पन्त र दिनेश अधिकारी लगायतका उच्च अधिकारी र कर्मचारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्