विप्लवले मोवाइल प्रयोग नगर्दा प्रहरीले खेपेको हैरानी

काठमाडौं:प’क्राउ गर्नुपर्ने कुनै व्यक्तिसम्म पुग्न प्रहरीका लागि सबैभन्दा सहज माध्यम बनेको छ, मोवाइल ट्रया’किङ। विप्लव सम्म पुग्न पनि प्रहरीले यो उपाय नअपनाएको होइन। उनलाई प’क्राउ गर्न नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा रहने विशेष व्यूरोले केही समूह नै बनाएको छ । तर, सो समूहमाथि प्र’तिबन्ध लागेको एक वर्ष बित्न लाग्दा समेत उनलाई प’क्राउ गर्न नसकेर प्रहरी हैरान छ ।

विशेष व्यूरोका एक प्रहरी अधिकृतका अनुसार विप्लवको समीपमा पुग्न नसक्नुको मुख्यकारण उनले मोवाइल प्रयोग नगर्नु हो। उनलाई प’क्राउ गर्न मुख्य आधार मोवाइल ट्रया’किङलाई बनाएको र प्रहरीको यो शैली बुझेका विप्लव र उनको सुरक्षामा रहने सहयोगी हरुले मोवाइल फोन नै प्रयोग नगर्नु । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रहरी मुख्यालय स्रोतको दावी अनुसार, विप्लव पछिल्लो समय पश्चिमी पहाडी जिल्लाका जाजरकोट, कालिकोट, दैलेख, रुकुम,रोल्पा, कपिलवस्तु, दाङ आसपासका जिल्लामा घुमफिर गर्ने गरेको सूचना छ। अन्यको तुलनामा यी जिल्लामा सो समूहको केही प्रभाव छ । त्यसअघि उनी पूर्वी पहाडी जिल्लाका भोजपुर, सोलु लगायतका जिल्लामा थिए । भारतीय बाटो प्रयोग गरी पछिल्लो समय पश्चिमी पहाडका जिल्लातिर लागेको हुनसक्ने प्रहरी विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्