उपत्यकाका अस्पतालमा बिरामीको चाप

सरोज ढुङ्गेल, काठमाडौँ । जाडो बढेसँगै उपत्यकाका अस्पतालहरूमा बिरामीको चाप बढेको छ । देशव्यापी रूपमा मौसममा आएको परिवर्तनले केन्द्रीय अस्पतालमा बिरामीको चाप बढेको हो। उपत्यकाका वीर अस्पताल, कान्ति बाल अस्प ताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल लगायतमा चिसो मौसमले हुने रोगका बिरामीहरूको चाप सामान्यभन्दा २५ प्रतिशतले बढेको छ ।

उपत्यका लगायत देशका विभिन्न क्षेत्रमा तापक्रम घटेपछि निमोनिया, ब्रोनकाइटिक्स, छालाको समस्या, झाडा पखाला, सीओपीडी, मुटुसम्बन्धी, धुलो धुवाँको कारणले हुने एलर्जी, रुघाखोकी, बाथ लगायत रोगका बिरामीहरूको सङ्ख्या बढेको बताइएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जाडोबाट बढी असर गर्ने रोगका कारण अस्पताल आउने बिरामीको सङ्ख्या २५ प्रतिशतले बढेको जानकारी दिनुभयो ।

उहाँले अस्पतालमा रुघाखोकी, जाडो मौसमका कारण लाग्ने दम, निमोनिया, ब्रोनकाइटिक्स, झाडा पखाला लगायतका बिरामी अस्पतालमा आउने गरेको बत(ाउनु भयो । रुघाखोकी, निमोनिया, ब्रोनकाइटिक्स, छालाको सम’स्याबाट हुने बिरामीको सङ्ख्या बढेको भन्दै उहाँले सामान्य अवस्थाभन्दा ती रोगबाट अस्पताल आउने बिरामी २५ प्रतिशतसम्म वृद्धि भएको जानकारी दिनुभयो ।

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी विच्छाले अस्पतालमा दैनिक ओपीडीमा मात्र तीन सय बिरामी आउने गरेको जानकारी दिनुभयो । तीमध्ये अधिकांश बिरामी निमोनिया र झाडा पखालाको समस्या लिएर आउने गरेको बताउँदै उहाँले अस्पतालमा आउने बिरामीमध्ये दैनिक २५ देखि ३० जनालाई अस्पतालमै भर्ना गरेर राख्नुपरेको बताउनु भयो । यस्तै आकस्मिक कक्षमा दैनिक एक सय बिरामी आउने गरेकोमा १० जनालाई अस्पतालमै भर्ना गरेर उपचार गरिएको जानकारी दिनुभयो ।

उहाँले गर्मी मौसमभन्दा जाडो मौसममा बिरामीको सङ्ख्या कम भए पनि चिसो मौसमका कारणबाट हुने बिरामीको सङ्ख्या भने अत्यधिक बढेको जानकारी गराउनु भयो । बच्चा तथा वृद्धहरू चिसो मौसमबाट लाग्ने रोगको शिकार हुने गरेको चर्चा गर्दै उहाँले त्यस बाट बच्नुपर्ने बताउनु भयो । पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले अस्पतालमा दम तथा स्वासप्रश्वासको समस्या लिएर बिरामीहरू आउने गरेको जानकारी दिनुभयो ।

उहाँले दाउरा बाल्दा त्यसबाट निस्कने धुवाँले स्वासप्रश्वाससम्बन्धी रोग भएर अस्पताल आउने बिरामी पनि बढेको जानकारी दिँदै यी बाहेक रुघाखोकी तथा झाडा पखाला समस्या भएका बिरामीको सङ्ख्या बढेको बताउनु भयो । परोपकार तथा प्रसूति अस्पताल थापा थलीका निर्देशक प्राडा जागेश्वर गौतमले अधिकांश नवजात शिशु तथा आमाहरू अत्यधिक चिसोका कारण हुने हाइपोथर्मियाबाट मृत्यु हुने भन्दै त्यसबाट बच्न शिशु र सुत्केरीलाई न्यानोमा राख्नुपर्ने बताउनुभयो । जाडोमा बच्न चिसोमा ननिस्कन, न्यानो कपडा लगाउन र बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्न चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्