सीधा कुरा कार्यक्रमको प्रभाव : चिना श्रेष्ठ प्रहरी नि’यन्त्रणमा

रौतहट । रौतहट प्रहरीले ठ’गी गरेको आ’रोपमा चन्द्रपुर निवासी चिना श्रेष्ठलाई प’क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले श्रेष्ठलाई प’क्राउ गरेर गौर लगेको छ । अर्का आ’रोपित नम्रता लामा भने फ’रार रहेको प्रहरीले जनाएको छ । उनको खोजी जारी रहेको र चाँडै प’क्राउ गर्ने एसपी खड्काले बताउनु भयो ।

पी’डितहरुको उजु’रीको आधारमा श्रेष्ठलाई प’क्राउ गरिएको बताउँदै खड्काले फ’रार लामालाई पनि खोजी गरिहेको र चाँडै प’क्राउ गर्ने जानकारी दिनुभयो। प’क्राउ परेकी श्रेष्ठलाई मुलुकी अपराध संहिता २०७४ अन्र्तगत मु’द्धा चलाएर अनुसन्धान गरिने खड्का ले बताउनु भयो । ‘श्रेष्ठ र लामाका कृयाकलापहरु सिधैँ ठ’गी अन्र्तगत देखिएको छ’ खड्काले भन्नुभयो, ‘ उनीहरुलाई त्यसकै आधारमा अनुसन्धान अगाडि बढाउँछौँ ।

ठ’गी गर्ने कोही पनि उम्कन पाउँदैनन् ।’ प्रहरीले उनीहरुको सम्पतिको श्रोत, उनीहरुले गरेका कागजातहरु, पी’डितहरुको कुरा लगायतका पक्षहरुबाट छानविन गर्ने तयारी गरिरहेको बताइएको छ। चन्द्रपुर निवासी चिना श्रेष्ठ, नम्रता लामाले महिलाहरुलाई पटक-पटक गरेर रकम सापटी दिने र सापटीको रकम दुई–चार लाख पुगेपछि दबाब दिएर धेरै रकमको कपाली कागज गराएको पीडितहरुले महिलाहरुको आ’रोप रहेको छ ।

आफूहरुले घरायसी कामको लागि समस्या परेको बेला चिना श्रेष्ठ, नम्रता लामासँग पैसा सापटी लिएर लिएको रकम तिरेपनि अहिले नतिरेको भन्दै जिल्ला अदालत रौतहट गौरमा विभिन्न व्यक्तिहरु वि’रुद्ध उनीहरुले मु’द्धा हालेका छन्। उनीहरुले डर, त्रास, दवाव अनि झुक्याएर परेर आफुले लिएको भन्दा बढी रकमको कपाली कागजमा सही गराएको अहिले आफूले लिएको भन्दा बढी रकम तिरिसक्दा पनि कागज बराबरको रकम समयमा नतिरेको भन्दै उनीहरुले वि’रुद्ध मु’द्धा पी’डितहरु बताउँछन् ।

त्यति मात्र नभइ उनीहरुमाथि पीडितहरुलाई दवावमा पारेर खाली चेक लिने र सो चेकमा आफूखुसी रकम भरेर चेक वाउन्सको मु’द्धा पनि दर्ता गर्ने गरेको आ’रोप पनि छ । पीडितहरु चन्द्रपुर–५ निवासी बोध कुमारी गिरी, चन्द्रपुर-४ की डिल्ली कुमारी कार्की, चन्द्रपुर ४ कै ६७ वर्षीया क्यान्सर पीडित सासु रेलिमाया बस्नेत, चन्द्रपुर–२ का मुक्ति चौधरी, चन्द्रपुर-६ निवासी गीता कुमारी राई र सोही ठाउँकी सीता कुश्वारको बारेमा न्यूज २४ को लोकप्रिय कार्यक्रम ‘सीधाकुरा जनतासँग’को २०७६ माघ २ गतेको कार्यक्रममा रिर्पोट बजेको थियो । सो रिर्पोट बजेपछि यस बारेमा स्थानीय प्रशासन एवम् प्रहरीले विशेष चासो देखाएको थियो ।

के छ कानूनी व्यवस्था ?

मुलुकी अ’पराध संहिता २०७४ को परिच्छेद २१ मा ठ’गी सम्बन्धमा यस्तो व्यवस्था गरिएको छ। सो परिच्छेदको दफा २४९ को उपदफा १ मा कसैलाई ठगी गर्न वा गराउन पाइदैन् भनिएको छ भने उपदफा २ मा कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झु’क्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै कामगरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानी पूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्ष’ति पुर्याएमा वा आफ्नो वा अरु कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठ’गी गरेको मानिनेछ भनिएको छ ।

सो ऐनमा भ्रष्टा’चार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारकोे पूर्ण वा अधिकांश स्वामित्व वा निय’न्त्रणमा भएको कुनै संस्थालाई ठ’गी गरेमा दश वर्षसम्म कै’द र एक लाख रुपैयाँँसम्म ज’रिबाना, आफनो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठ’गी गरेमा पाँच वर्षसम्म कै’द र पचास हजार रुपैयाँँ सम्म जरिबाना भने यस बाहेक अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कै’द र सत्तरी हजार रुपैयाँँसम्म ज’रिवाना गरिने व्यवस्था गरिएको छ । त्यस्तै सोही ऐनमा बालबालिका, होस ठेगानमा नरहेको व्यक्ति, अस हाय, निरक्षर वा पचहत्तर वर्ष माथिको व्यक्तिलाई ठगी गरेकोमा सजायमा थप एक वर्षसम्म कै’द सजायको हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्