कांग्रेस उपसभापति बिजयकुमार गच्छदार सांसदबाट स्वत: निलम्बित

काठमाडौं : ललिता निवास जग्गा प्र’करणमा अख्तियारले विशेष अदालतमा भ्र’ष्टाचार मु’द्दा दायर गरेसँगै बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्य पदबाट स्वत: निलम्बित भएका छन् । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता समेत रहेका बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट पनि स्वतः निलम्बित भएका हुन् ।

व्यवस्था अनुसार उनी वि’रुद्धको मु’द्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा पाउने छैनन् । त्यसका लागि उनी माथि लागेको भ्र’ष्टाचार मु’द्दामा अख्तियारको दाबी अदालतबाट गलत ठ’हर हुनु पर्नेछ। प्रतिनिधिसभा नियमावली २०७५ अनुसार भ्र’ष्टाचार मु’द्दा लागेपछि सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ । “भ्र’ष्टाचार जन्य नैतिक प’तन हुने फौ’जदारी मु’द्दामा अन्तिम अदालतबाट स’जाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन नपाउने” व्यवस्था राजनीतिक दल सम्बन्धी कानूनमा छ।

भ्र’ष्ट्राचार निवारण ऐनको दफा ३३ मा र अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्बन्धी ऐनको दफा १७ मा पनि सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्र’ष्टाचार आ’रोपमा मु’द्दा चलेको अवस्थामा किनारा नभएसम्म स्वत: निलम्बन हुने व्यवस्था गरिएको छ ।यदि यो मु’द्दामा उनी दो’षी ठ’हर भए कांग्रेस केन्दीय सदस्य समेत हुन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्