दसैंंको मुखमा मुग्लान तिर- घरमा केही छैन कसरी दसैं-तिहार मनाउनु ?

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका ट’ल्किएको थियो। भारतमा बरेलीको ढावा (होटल)मा काम गर्ने उनी कोरोना त्रा’सका कारण जेठ २८ गते मात्रै घर फर्किएका थिए। यता गुजारा चलाउन गाह्रो भएपछि दसैंको मुखमै भारततिर हिँडेको उनले सुनाए।

‘दसैं र तिहार नजिकै आयो तर के गर्नु ? दसैंमा, तिहारमा पैसो त चाहिन्छ। घरमा केही छैन । नोकरी नगरे कसरी दसैं, तिहार मनाउनु ?’ धामीले भने, ‘त्यसैले दसैंको माया मा’रेर भारत तिर हि’नेको।’ धामीका घरमा तीन बच्चा र श्रीमती छन्। ‘चार जना घरमा छन्। अन्नले मात्रै के हुनु। नुन, तेल खर्च चा’हिएन ? बि’रामी परियो भने नि पैसा चाहिन्छ’, उनले भने, ‘चार महिना रिन का’ढेर बिताएँ।’

उनी जस्तै दैनिक १५ सयको अनुपातमा नेपालीहरू गौरीफन्टा ना’काबाट मात्रै भारत ग’इरहेका छन। त्यहीमध्ये एक हुन्, कञ्चनपुरको पुनर्वास नगरपालिकाका खोम बहादुर कुमाल । ‘गर्जो टार्नका लागि नेपालमा केही पाइएन’, कुमालले भने, ‘अनि को’रोनाको क’हरका बीच भारत लागेको।’ दिल्लीमा रहेका मालिकले अब नराख्ने भनेपछि बैं’ङलोरतिर हिँ’डेको उनले सुनाए। उनी चैतको लकडाउनका बेला उ’र्लिंदो हु’लमा घर फ’र्किएका थिए। अन्नपूर्ण पाेस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्