क्रुजभित्र एक व्यक्ति कोरोनाबाट संक्रमित भेटिए, जापानी सरकारले ३५ सय यात्रीलाई जहाजमै छोडिदियो

एजेन्सी : जापानले एउटा क्रुजलाई कोरोना भाइसरको डरले बन्दरगाहमा नै छोडिदिएको छ । यसमा २५ सय यात्री र एक हजार क्रु मेम्बर्स छन् । डायमन्ड प्रिन्सेज क्रुजमा हङ्कङका एक व्यक्ति कोरोना भाइरसबाट संक्रमित भेटिएपछि अधि कारीले जहाजलाई बन्दरगाहमा नै अलग्गै स्थानमा राख्ने निर्णय लिएको हो । सं’क्रमण रोक्नका लागि सावधानी स्वरुप यी सबैलाई क्रुज भित्रकै आफ्नो कोठामा बस्ने सल्लाह दिइएको छ ।

जापान सरकारका प्रवक्ता योशिहिदे सुगाले सोमबार पत्रकार सम्मेलनमा डाक्टरलाई जहाज भित्रका यात्रीको उपचारका लागि पठाइएको जानकारी दिए । जहाजभित्रका कति व्यक्ति सं’क्रमित छन् भनेर परीक्षण गरेपछि मात्रै जहाज खाली गरिने उनले बताए । उनका अनुसार हङकङबाट २५ जनवरीमा जहाजमा सवार भएका ८० वर्षका यात्रीको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना भाइरस पोजिटिभ भेटिएको हो । यस्तोमा अन्य यात्रीमाथि पनि कोरोना भाइरसबाट संक्रमित हुने खतरा छ । जापानमा अहिलेसम्म कोरोना भाइरस संक्र मणका २० घटना सार्वजनिक भइसकेका छन् ।

जहाजभित्र परीक्षणको प्रतिक्षामा हज्जारौं व्यक्ति

जहाजमा सवार एक महिलाले स्थानीय टिभी च्यानल टिबीएसलाई उनी आफ्नी आमासँग त्यहाँ भएको जानकारी दिइन। उनका अनुसार सबै यात्रीलाई आफ्नो कोठामै बसेर परीक्षणका लागि प्रति क्षा गर्न भनिएको छ । महिलाले आफू सोमबार बिहानै परीक्षणको प्रति क्षा गरिरहेको तर मंगलबार बिहानसम्म कोही पनि रगतको नमूना लिन नआएको बताइन् ।

जापानले हुबेईमा बसेका विदेशीलाई भिसा दिएन

जापानले शनिबार देखि नै हुबेईमा बसेका विदेशी नागरिकलाई भिसा दिन बन्द गरेको छ। अर्थात्, हुबेईमा बसेकाहरु केही समयका लागि जापान जान सक्दैनन् । सरकारका अनुसार अहिले सम्म ८ विदेशी नागरिक लाई जापान आउनबाट रोकिएको छ । जापानले अहिले सम्म करिब पाँच सय नागरिकलाई बुहानबाट उपचारका लागि देश फिर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्