टिप्परले फेरी लियो ज्या’न, टिपरको ठ’क्करबाट विद्यालय जाँदै गरेका बालकको मृ’त्यु

बैतडी : दार्चुलामा टि’पर ठ’क्करबाट एक बालकको ज्या’न गएको छ। मृ’त्यु हुनेमा शैल्य शिखर नगरपालिका –९ का अन्दाजी ६ वर्षीय महेश महर रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । गोकुलेश्वरबाट बलाँच तर्फ गई रहेको बा १३ च २०४१ नम्बरको टि’परले विद्यालय जाँदै गरेका महरलाई कि’चेको हो।

दो’षीलाई का’रवाहीको माग गर्दै स्थानीयहरुले अहिले सडक ब’न्द गराएका स्थानीय सुरेश विष्टले जानकारी दिए। टिपर चालक शेरबहादुर पुन मगर र टिपरलाई प्रहरीले नि’यन्त्रणमा लिएको घ’टनास्थलमा खटिएका प्रहरी हवलदार रामसिंह धामीले जानकारी दिए।

त्यस्तै, कलंकीमा दुई जनाको मृ’त्यु हुने गरी मोटर साइकललाई ठ’क्कर दिएर भागेको टि’पर नख्खुडोलमा भेटिएको छ । नख्खु खोलाको पुल छेउको चन्द्रसूर्य ग्यारेज भेटिएको टि’पर प्रहरीले नि’यन्त्रणमा लिएको छ । प्रहरीले सीसी टीभी फुटेज र र्‍याडम चेकजाँचका आधारमा खोजतलास गरी बा४ख ८५७९ नम्बरको टिपर नि’यन्त्रणमा लिएको जनाएको छ।

कलंकीको अण्डरपासमा बल्खुबाट कलंकीतर्फ आइरहेको टि’परले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०३००४ प ५५० नम्बरको मोटर साइकललाई ठ’क्कर दिएको थियो। दु’र्घटनामा दुईजनाको मृ’त्यु भएको छ ज्या’न गुमाउनेमा रौतहटका हटहरिया गाउँपालिका –४ का १९ वर्षका राकेश कुमार चौधरी र कटहरिया–७ का २४ वर्षका मुन्ना चौधरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्