मनकारी श्वेता, क्यान्सर पी’डितलाई दिइन् ५० हजार !

काठमान्डौ : नायिका श्वेता खड्काले क्यान्सर पी’डितलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएकी छिन् । ‘टी लिम्फोब्लाष्टिक लिम्फोमा’ क्यान्सरबाट पी’डित खजुरा, बाँकेकी २४ बर्षिया दिना परियारलाई टिचिङ्ग अस्पातल मै पुगेर खड्काले ५० हजार सहयोग गरेर जन्मदिन मनाएकी हुन्। अस्पातलको ६०४ नं क्याबिनमा उपचार गराइरहेकी दिनासँग करिब १ घण्टा बिताएकी खड्काले भनिन् ‘म आर्थिक सहयोग गर्नु भन्दा पनि दिना बहिनीलाई आँट, हिम्मत र साहस दिन आएकी हुँ।

‘आफ्नो उपस्थितिले दिनाको ओठमा मुस्कान देखिनु नै आफ्नो जन्मदिनको सबै भन्दा ठूलो गिफ्ट भएको बताइन् । क्यान्सर कै कारण ५ बर्ष अगाडि आफ्ना पति श्रीकृष्ण श्रेष्ठलाई गु’माउनु परेको दुखद क्षणलाई सम्झदै नायिका खड्काले भनिन् , ‘क्यान्सरले मेरो खुशी खो’सेको छ, त्यसैले यो रो’गलाई म मेरो श’त्रुको रुपमा लिन्छु।’ उनले थपिन् , ‘यो रो’गले मेरो जीवनसाथी लाई समेत मृ’त्‍युको का’खमा पुर्‍याएको छ।’

क्यान्सर रो’गका कारण आफ्नो जीवनमा अपुरणीय क्ष’ती भएको बताउँदै श्वेताले आफू क्या’न्सर अस्पताल निर्माणको कार्यमा जु’टेको समेत जानकारी दिइन् । उनले जावला खेलमा रहेको नेशनल क्यान्सर अस्पताल लाई बिस्तार गर्न लागेको जानकारी पनि दिइन्। ‘आर्थिक अ’भावमा क्यान्सरको उपचार गराउन नसकेकाहरुको लागि मेरो अस्पतालले सेवा दिनेछ।’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्