चिनियाँ लाउँदैछन् ब्रा, स्यानि’टरी प्या’ड र सुन्तलाको मास्क (हेर्नुहोस तस्बिर)

काठमाडौं : कोरोना भाइरसबाट विश्‍वभर अहिलेसम्म १८१६ मानिस संक्र’मित भइसकेका छन्। गत डिसेम्बरबाट चीनको उहान सहरबाट फैलिएको यो भाइरसले अहिलेसम्म २१३ जनाको ज्या’न लि’इसकेको छ। कोरोना तीव्ररुपमा फैलिरहँदा चीनमा मास्कको माग ह्‍वात्तै बढेको छ। मास्कको माग चुलिएसँगै मास्क पाउन छाडेपछि सर्वसाधरण चिनियाँ नागरिकले सुरक्षाको नयाँ नयाँ तरिका अपनाउन थालेका छन्।

कोही ब्रालाई मास्क बनाएर लगाइरहेका छन्भने कोही स्यानि’टरी प्या’डलाई नै मास्क बनाएर लगाइरहेका छन्। कसैले प्लास्टिकले पूरै शरिर छोपेका छन् त कसैले प्लास्टिकको बोत्तले मुख छोपेका छन्। कोरोना भाइरस तीव्रगतिमा फैलिँदै गएपछि चीनमा सर्जिकल मास्को हाहाकार भएको छ। बजारमा पाइएका मास्कको मूल्य पनि अत्यन्तै महँगो छ। मानिसहरुले आफ्नै शैलीमा मास्कको प्रयोग गरिरहेका हुन्।

जसलाई जे विधि आउँछ, त्यही प्रयोग गरेर मास्क बनाएका फोटो भाइरल भइरहेका छन्। केही मानिसले ब्रालाई मास्क बनाएर लगाएका छन् त केहीले महिना’वारी हुँदा लगाइने स्या’निटरी प्या’डलाई नै मास्कका रुपमा प्रयोग गरेका छन्। एकजना चिनियाँ वृद्धले त सुन्तलाको बोक्रालाई नै मास्क बनाएका छन्। नयाँ नपाइएपछि मानिसहरुले सेकेन्ड ह्यान्ड मास्क पनि किनिरहेका छन्।

नयाँ मास्क नमिलेपछि यस्तो विकल्प अपनाइएको हो। तर चीनको स्वास्थ्य सेवा विभागले भने सेकेन्ड ह्यान्ड मास्कको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। चीनको एक एयरपोर्टमा देखिएका दम्पत्तिले खरबुजाको मास्क बनाएको भेटिए। अर्कातिर पानीको ठूलो बोत्तलबाट पूरै अनुहार मात्रै नभएर शिर नै ढाकिएको फोटो पनि देखिँदैछ। कोरोनाभाइरसबाट बच्‍नका लागि चीनका मानिसहरु जानेसम्मका उपाय अपनाइ रहेका छन्।

कयौँ देशले चीनमा मास्क आपूर्ति गरिरहेका छन्। अमेरिका, बेलायत, कोरियासमेत कयौँ देशबाट सर्जिकल मास्क चीनमा पठाइँदैछ। चीनको कृषि मन्त्रालयले सबै संयन्त्रलाई खाद्यान्‍न उत्पादनमा जुट्न निर्देशन दिएको छ । देशमा खानाको संकट आउन नदिन चीन ले यस्तो निर्देशन दिएको हो। छिमेकी देशबाट फलफूल र सब्जीको आयात बढाउन पनि भनिएको छ।

यता उहानमै चीन सरकारले कोरोना भाइरसका बिरामीको उपचारका लागि ७० भन्दा बढी स्वास्थ्य केन्द्र खोलेको छ । एउटा अस्पताल खुलिसकेको छ भने अर्को अस्पताल तीव्र गतिमा बनिरहेको छ। चीन सरकारले सबै विदेशी नागरिकको सुरक्षामा ध्यान दिने पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्