कतारबाट पारिश्रमिक नपाइ फर्किएका ३३ कामदारको तलब आयो (नामवाली सहित)

काठमाडौँ । रोजगारीका लागि कतार पुगेर पारि श्रमिक नपाइ फर्किएका ३३ कामदारको तलब आएको छ । कतारको मर्करी मेना इलेक्ट्रो मेकानिकल कम्पनीले लामो समय देखि तलब नदिई उनीहरूलाई रित्तै हात स्वदेश फर्काएको थियो ।आफ्नो पारिश्रमिक भुक्तानी नगरेको भन्दै उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए ।

उजुरीपछि विभागको पहलमा कतारस्थित नेपाली राजदूतावास मार्फत कम्पनीले २ लाख ८५ हजार कतारी रियाल (नेपाली करिब ८५ लाख रुपैयाँ) रकम भुक्तानी गरेको हो । उनीहरूलाई तीनदेखि ६ महिनासम्मको पारिश्रमिक नदिई स्वदेश फर्काइएको थियो। विभा गले एक सूचना जारी गर्दै विभागको समन्वय र सहजीकरणपछि काठमाडौँस्थित कतारी राजदूतावासमार्फत भुक्तानी गर्ने जानकारी दिएको उल्लेख गरेको छ ।

सूचनामा रकम लिन ७ दिनभित्र काठमाडौँको बुद्धनगर स्थित विभागमा उपस्थित हुन आग्रह गरिएको छ । साथै कामदारहरूको सहजिकरणको लागि श्रम रोजगार कार्यालयहरू (विराट नगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढी) मार्फत सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

सो रकम लिनका लागि कामदारहरूले आ–आफ्नो खाता विवरण, नेपाली नागरिकता र राहदानीको प्रतिलिपिका साथ पेश गर्नु पर्ने विभागले जनाएको छ । यस्तै, अल एसिया इन्टरनेशनल, रकी इन्टरनेशन, प्याराडाइज इन्टर नेशनल, वल्र्ड भिजन इन्टरनेशन म्यान पावर सर्भिसेज, स्काईवेज ब्यूरो सर्भिस र व्यक्तिगत श्रम स्वीकृतिबाट गएका कामदारले भुक्तानी लिन बाँकी रहेको रकम वितरण गर्ने विभागको सुचनामा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्