यस्ता मेयर जसले, तलब-भत्ता शुरूबाटै लिएनन्, कार्यकक्षमा राख्छन् आफ्ना प्रतिस्पर्धीको तस्वीर

काठमाडौं: अघिल्लो साता एक मेयर र एक उपमेयर चर्चामा रहे । अमेरिकाबाट फर्किएका मेयरले गरेको काम र अमेरिका गएर उतै बसेकी उपमेयरको चर्चा सामाजिक सञ्जालभरी थियो । राष्ट्रिय सभा चुनावमा भोट हाल्न नआएपछि काली कोटको तिलगुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली अमेरिका गएर उतै बसेको भनेर प्रचार भयो ।

यद्यपि उनले आफू उपचारका लागि अमेरिकामा बसेको भन्दै लुकेको भन्ने समाचारको खण्डन गरिसकेकी छन् । आफूलाई बाँच्न दिन उनको अपिल छ । यो प्रसंगलाई यहीँ छाडौं । अघिल्लो शुक्रवार सामाजिक सञ्जालमा अर्को एउटा तस्वीर भाइरल बन्यो । काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक वृद्धलाई आफ्नो कोट फुकालेर लगाइदिएको तस्वीर थियो, त्यो ।

मेयर खरेलको कामलाई कतिले नेपालमा नयाँ लक्ष्मीप्रसाद देवकोटा (जसले यसैगरी कोट फुकालेर दीनदु:खीलाई दिन्थे) को जन्म भनेर संज्ञा दिए भने कतिपयले ‘स्टन्ट’ गरेको भन्ने टि’प्पणी समेत गरे । बुझ्दै जाँदा थाहा भयो, उनको त्यो काम स्टन्ट नभएर मान वीयता थियो । उनी अपवाद मेयर रहेछन्, जो अमेरिकाको सुखसयल छाडेर नेपाल फर्किई अहोरात्र जनताको सेवामा खटिएका छन् ।

शुरूमै उनले आफूले तलब–भत्ता नलिने घोषणा गरे र लिएनन् पनि । यद्यपि अहिले स्थानीय तहका अन्य जनप्रतिनिधिको पनि तलब सर्वोच्च अदालतले रोकिदिएको छ। महेश राजनीतिक परिवारमा जन्मिएका र जन्मजात राजनीतिक संस्कार सिकेका शिक्षित युवा हुन् । उनी जन्मिँदा उनका पिता राजेन्द्र खरेल का’रागारमा थिए । नेपाली राजनीतिमा निष्ठाको राजनीतिका पर्याय कृष्णप्रसाद भट्टराईका अनुयायी राजेन्द्रको संस्कार महेशमा पनि देखिन्छ ।

कृष्णप्रसाद भट्टाईले चुनावमा सघाउन बाल कांग्रेस गठन गरेका थिए, जसको संयोजक थिए खरेल। कांग्रेससँगको राजनीतिको त्यो साइनोको डोरीले खरेललाई अमेरिकाबाट फेरि नेपाल डोहोर्‍यायो। पाँचखालका मेयरको कार्यकक्षमा तीनवटा तस्वीर छन्, राष्ट्रपति विद्या देवी भण्डारी, स्थानीय तह निर्वाचनका आफ्ना निकटतम् प्रतिस्पर्धी उम्मेदवार रुद्रबहादुर बानियाँ (जसको अघिल्लो वर्ष निधन भयो) र अर्का एक समाजसेवी धर्मसिंह तामाङ ।

आफ्ना प्रतिस्पर्धी बानियाँबारे खरेलले लोकान्तरसँग भने, ‘उहाँ अत्यन्त समाजसेवी हुनुहुन्थ्यो, चुनाव मैले जितेपनि उहाँ मेरो आदर्श हो, त्यसैले तस्वीर कार्यकक्षमा राखेको छु।’ तामाङ भने पाँचखाल नगरपालिकामा गाभिएको एउटा गाविसका पूर्वअध्यक्ष हुन्। महेश उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगे । अमेरिका पुगेर उनले एमबीएसम्म अध्ययन गरे ।

इन्टरप्रेनरसीपको अध्ययन गरेका खरेलले अमेरिकाको मार्टमा नाङ्लोदेखि व्यापार शुरू गरेर धेरै कमाइ हुने ग्यास स्टेसनसम्म खोले। व्यापार फस्टाएकै थियो, तर उनमा नेपाल फर्किने आकांक्षा उत्कट थियो । ‘अमेरिका जाने सबैको एउटै लक्ष्य हुन्छ, पहिला अध्य यन गर्ने र पैसा कमाउने, मैले पनि दुवै गरें । शुरूमा रहर थियो, पछि त्यही काम घाँडो लाग्यो,’ खरेलले भने । लोकान्तरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्