क्रिकेट रंगशालामा लगाइएको महायज्ञमा एकैदिन उठ्यो पाँच करोड रकम

चितवन : चितवनको रामपुरमा निर्माणा धिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा दिन प्रतिदिन दान गर्ने दाताहरुको सङख्या बढ्दै गएको छ । आज बिहिबार मात्रै करिब पाँच क’रोड आर्थिक संकलन भएको सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए । उनले महायज्ञमा सहभागी जनाउने र सहयोग गर्नेको उत्साहाजनक सहभागिता रहेको बताए ।

जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैंया सहयोग गरेको छ । यस्तै चितवनको पोल्ट्री क्षेत्रबाट एक करोड सहयोगको घोषणा गरिएको छ । नेपाल पोल्ट्री महासंघका केन्द्रिय अध्यक्ष गुणचन्द्र बिष्टले १ करोड सहयोगको घोषणा गरेका हुन् । उनले महायज्ञस्थलमा पुगेर ५० लाख नगद दिएका छन् भने बाँकी रकम छिट्टै पु¥याउने प्रतिबद्धता जनाएका छन् । यस्तै चितवनका उद्योगी व्यवसायीको तर्फबाट ६३ लाख सहयोग गरिएको छ ।

माडी नगर पालिकाले ३० लाख रंग शाला निर्माणका लागि सहयोग गरेको छ ।बुधबार मात्रै एक करोड आर्थिक संकलन भएको थियो । रंग शालामा निर्माणका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले २६ गतेसम्म धन’धान्याचल महोत्सवको आयोजना गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पाँच लाख सहयोग गरेकी छन् । महायज्ञमा दिनहुँ हजारौंको सहभागिता रहँदै आएको छ ।दैनिकजसो विभिन्न राष्ट्रिय कलाकारहरुले विभिन्न प्रस्तुति गर्दै आएका छन् । बुधबार हाँस्यकलाकार राजा राजेन्द्रले प्रस्तुति गरेका थिए भने बिहीबार सिस्नोपानी नेपालसहित कलाकार मनोज गजुरेलले प्रस्तुति दिए ।

प्रतिक्रिया दिनुहोस्