तीन दिन वर्षासँगै हिमपातको सम्भावना, यस्तो छ आगामी तीन दिनको मौसम !

काठमाडौं:जल तथा माैसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मौसममा फेरबदल भइ वर्षा सहित हिमपातको सम्भावना रहेको जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन मौसम बदली भई वर्षा सँगै हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सम्बन्धी विहीबार साँज बुलेटिन जारी गर्दै भोलि शुक्रबार दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने जनाएको हो ।

माघ २४ गते (शुक्रबार) : दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया सफा रहने छ । देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भु-भागका १-२ स्थानहरु मा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भाग सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिम पातको सम्भावना छ ।

माघ २५ गते (शनिबार) : दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडि भु- भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। राति देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदलीसहित थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी : भोलि शुक्रबार बाट नेपालमा पश्चिमि न्यून चापिय प्रणालीको प्रभाव रहने र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सत र्कता अपनाउनुहुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्