सुत्केरी आमा: हस्पिटलमा पैसा तिर्न नसक्दा अलपत्र, २२ दिनको बच्चाको बिजोग (भिडियो सहित)

काठमाडौ । बच्चा जन्मिए पछि आमाको न्यानो काखमा हुर्कन पाउनु बच्चाको अधिकार हो । तर एक जना महिला सुत्केरी भइन् । उनको स्वास्थ्य अवस्था क’मजोर भयो । बच्चा जन्मनु भन्दा अगाडी नै खुट्टा नचल्ने स’मस्या थियो । बच्चा जन्मिएपछि पनि उनी अहिले अस्पतालमै छन् । तर सानो बच्चा अहिले घरमा छ । घरमा बच्चा जन्माइन् ।तर आमा र बच्चा दुवैजनाको खुट्टा समेत चलेन ।

तीन दिन सम्म पनि त्यो समस्या नहटेपछि दमक स्थित अस्पताल लिएर गएको छ । सो अस्पताले फिर्ता पठाइदिएपछि नोवेल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार गरेपछि त्यो उपचार खर्च समेत तिर्न नसकेपछि सुत्केरी अस्पतालमै छन। करिब ५ लाख भन्दा बढी उपचार खर्च लागेको परिवारका सदस्यले बताएका छन् । अहिले उनको सानो बच्चा घरमै छिमेकीको सहयोगमा हुर्किरहेका छन् ।

परिवारका केही सदस्य अस्पतालमै छन् । अस्पतालले केही महिना अस्पतालमै राखेर उपचार गर्ने सल्लाह दिएका छन् । तर उपचार गर्ने पैसा नभएका कारण उनलाई घर ल्याउने तयारी गरिएको छ। तर डिस्चार्ज गर्ने पैसा नभएका कारण उनी घर आउन पाएकी छैनन् ।बच्चा जन्मिएको ३ दिन देखि नै छिमेकीले उनको नवजात शिशु हुर्काइरहेकी छन् । छिमेकी महिलाले राती पनि बच्चालाई उठेर खुवाउने गरेको बताएकी छन् ।

बच्चाको बुवाले ट्रयाक्टर चलाउने काम गर्छन । त्यसैले उनीहरुको आर्थिक अवस्था पनि निकै कमजोर छ। अहिले उनीहरु भाडामा बसिरहेका थिए ।कोठा भाडा तिर्ने पैसा नभएका कारण समस्यामा परेका उनीहरु अहिले सुत्केरी आमाको स्वास्थ्यका कारण पनि थप खर्च गर्नुपर्ने देखिएको छ । गर्भवती अवस्थामा पोसिलो खानेकुरा खान नपाएका कारण उनलाई समस्या आएको अस्पतालका चिकित्सकले जनाएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण ति महिलाले पोसिलो खानेकुरा खान नपाएको छिमेकीको भनाई छ । भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्