विद्यार्थी नेता रन्जित तामाङ अस्पताल भर्ना

काठमाडौं। अनेरास्ववियूका सह संयोजक रन्जित तामाङ अचानक बिरामी परेपछि नर्भिक अस्पताल काठमाडौंमा भर्ना भएका छन्। गएराति ११ बजे ब्लडप्रेसर कम भएपछि शौचालय जाने क्रममा बे’होस भएका थिए। आफ्नै निवासमा बिरामी भएको थाहा पाएपछि उनका छिमेकी तुरुन्तै अस्पताल पुर्याएको अनेरास्ववियूका नेता जीपी मैनालीले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा डा जेपी जैसवालले उपचार गरिरहेका छन् । अहिले अवस्था समान्य हुँदै गएको छ । ब्ल’डप्रेसर अहिले १००/४० रहेको छ । मुटुसम्बन्धि केही परिक्षण सकेर आजै अबेरसम्म डिस्चार्ज हुनसक्ने जानकारी अस्पतालले दिएको छ । केही समयअघि देखि नै उनको प्रे’सरमा समस्या आउने गरेको थियो । बुधबार केही समस्या आएपछि घरमा आराम गरेका थिए ।

झापा जिल्लाका नेता तामाङ लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन्। तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकता भएपछि उनी अनेरास्ववियूको सह संयोजको भूमिकामा छन् । पछिल्लो समय पार्टी एकीकरणका लागि निकै व्यस्त भएको र श्रीमति पनि बिरामी परेकाले उनलाई थप प्रेसर भएको हो । उनले पछिल्ला केहीदिन श्रीमतिको स्वास्थ्य फलोअपका लागि अस्पताल पुगेको तस्बिरहरु सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्