उपप्रधानमन्त्री पदमा बसेका मान्छे भ्रष्टाचारको मु’द्दामा पर्दा ठीँ ठीँ गरेर हुन्छ : सांसद विडारी

काठमाडौं, २३ माघ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेपालका सांसद रामनारायण विडारीले वर्तमान ओली नेतृत्वको सरकारले संगठित भएर व्यापक भएको भ्रष्टाचारलाई खोलेर अगाडि ल्याएको जिकिर गर्दै भ्रष्टाचार गर्न पल्केकाहरु त्यस बाट आत्तिएको दावी गर्नु भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद विडारीले संगठित भएर गर्दै आएको भ्र’ष्टाचार र अनियमिततालाई ओली सरकारले फोर्दे तोड्दै आ’क्रमक रुपमा प्रस्तुत भएको दावी गर्नु भयो ।

उहाँले जस्मा सबैजना खुशी हुनुपर्ने भए पनि नेपालको प्रगति नै रोक्ने भ्र’ष्टाचार तितर वितर गर्न वि’रोधमा लागेको बताउनु भयो। सांसद विडारीले सरकारले सुन तस्करलाई खोजी खोजी समात्दा समेत खोई ठूलो माछा भनेर उफ्रिएको आरोप समेत लगाउनु भयो । हाल प्रहरीको हाकिमहरु झ्याल खा’नामा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तहरु भ’ष्ट्राचार मु’द्दामा रहेको बताउँदै अघिल्लो सरकारले कस्तो कस्तो व्यक्तिलाई नियुक्त गरेको भन्दै व्यङ्ग समेत गर्नुभयो ।

लामो कार्यकालसम्म उपप्रधानमन्त्री पदमा बसेका मान्छे भ्रष्टाचारको मुद्दामा पर्दा ठीँ ठीँ गरेर हुन्छ भनेर प्रश्न समेत गर्नुभयो । उहाँल भष्ट्राचार गर्ने व्यक्तिलाई सजायको भागिदार बनाइदा सरकार, आयोगलाई धन्यवाद दिनुपर्ने बेला बिरोध गरेको भन्दै यस्ले आफुलाई ताजुब लागेको समेत बताउनु भयो । कारवाही नगर्रा खैँ कारवाही भनेर प्रश्न उठाउने र कारवाहीको प्रक्रियामा जाँदा फलानोलाई खैँ कारवाही, मेरो मान्छेलाई किन गरेको भन्दै भनेर प्रश्न उठाउने गरेको आ’रोप समेत लगाउनु भयो ।

का’रवाही गर्दा मेरो मान्छे पर्यो भनेर ग्वाँ ग्वाँ रुनु नसुहाउने पनि उहाँको तर्क थियो । सांसद विडारीले हरेककुराको कानुनी प्रक्रिया हुने बताउँदै कस्लाई कारवाही गर्ने कस्लाई कारवाही नगर्ने भन्ने अधिकार एकमात्र अधिकार न्यायाधीवक्तामा हुने भन्दै न्यायाधीवक्ता लाई खबरदार मेरो मान्छेलाई मुद्दा किन चलाको भन्दै ठीँ ठीँ गरेर हुन्छ भन्ने प्रश्न समेत गर्नुभयो । मुद्दा अदालतमा जाने बताउदै विडारीले भन्नुभयो, अदालतले अब केस्रा केस्रा केलाएर कारवार्ही गर्छ ।

प्रतिक्रिया दिनुहोस्